गोदावरी नगरपालिकामा फोहोर मैला ब्यबस्थापन केन्द्रको टुङ्गो लाग्यो

अत्तरिया , मंसिर १७ ।
कैलालीको गोदावरी नगरपालिकामा फोहोर मैला ब्यबस्थापन केन्द्रको टुङ्गो लागेको छ । फोहोर मैला ब्यबस्थाप केन्द्रका लागि लामो समयदेखी जग्गा खोजीमा रहेको नगरपालिकाले जग्गाको टुड्गो लगाएको हो । एशियाली विकास बैड्कको रिण अनुदानमा क्षेत्रिय शहरी बिकास आयोजनाले निर्माण गर्ने पुर्वाधार अन्तर्गत यस नगरपािलकामा फोहोर मैला ब्यबस्थापक केन्द्रका लागि गोदावरी नगरपालिकाको वडा नं ३ स्थित चौकिडाड महिला सामुदायिक बनको जमिन छनौट गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले जानकारी दिनुभयो ।

 

सडक लगाएत अन्य पुर्वाधारमा लगानी गर्ने एडिबीले फोहोर मैला ब्यबस्थापन केन्द्रका लागि स्थान छनौट पहिलो सर्तको रुपमा अगाढी सारेको छ । सामुदायिक बन परिसरमा पर्ने गोदावरी नदी किनारको खाली जग्गालाई सदुपयोग गर्दै फोहोरमैला ब्यबस्थापन केन्द्र निर्माणका लागि बनसंग सहमति भएको छ । फोहोरमैला ब्यबस्थापन केन्द्रको टुङ्गो लागेसंगै अन्य पुर्वाधारको बाटो पनि खुलेको नगरप्रमुख साउदले बताउनुभयो । नगरको फोहोर मैला ब्यवस्थापनका लागि हामी लामो समयदेखी जग्गाको खोजीमा थियौ ,अहिले आएर टुङ्गो लागेको छ उँहाले भन्नुभयो – चौकिडाड महिला सामुदायिक बनको जमिन छनौट गरिएसंगै अब त्याहा चाडै पुर्वाधारहरु निर्माण गरि नगरलाई फोहोरमैला मुक्त बनाईने छ । फोहोर मैला ब्यबस्थापनका केन्द्रका लागि जग्गा अपलब्ध गराएको सामुदायिक बनले नगरपालिकासंग बिभिन्न सम्झौता गरेकोे छ । बन क्षेत्र भित्र पर्ने नदी किनारामा तटबन्दन गर्ने , सामुदायिक बनका उपभोक्तालाई रोजगारी उपलब्ध गराउने , बन क्षेत्रमा पार्क निर्माण गरी पर्यटक आगमन बढाउने लगाएतका बिषयमा बन समितीले आफ्ना मागहरु राखेको चौकिडाडा महिला सामुदयिक बनका अध्यक्ष प्रेमराज भण्डारीले बताउनुभयो । उँहाले अहिले नगरपालिकासंग मौखिक नै सम्झौता भएको र नगरपालिका पनि सकारात्मक देखीएको बताउनुभयो ।

 

नगरपालिकासंग मौखीक रुपमा सम्झौता भएका आफ्ना मागहरु पुरा नभएमा सो निर्णयमा पुर्नाबिचार गरिने उँहाको भनाई छ । गोदावरी नगरपालिकाको वडा नं ३ का स्थानियहरुले बन समितिले नगरपालिकासंग गरेका सम्झौता पुरा गर्नुपर्ने बताएका छन् । उनिहरुले बजार क्षेत्रको फोहोरलाई जताततै अस्तब्यस्त नफाली स्थानियहरुको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न शुझाव दिएका छन् । फोहोरमैला ब्यबस्थापन केन्द्रमा एकिकृत प्रणाली मार्फत फोहोरमैला ब्यबस्थापन गरिने भएको छ । फोहार मैला ब्यबस्थपनमा घरघरवाट फोहोर संड्कलन गरि कुहिने फोहोरवाट जैबिक मल तयार पारिने , सिसाका बोतललाई निर्मलीकरण गरि पुन प्रयोग गरिने योग्य बनाइने नगरप्रमुख साउदले बताउनुभयो । उँहाले वन समितीसंग भएका सम्झौता अनुसार नै काम गरिने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि