धनगढीका विजय थापाको हत्यामा संलग्न अाषिस सेठी सार्वजनिक

धनगढी,मंसिर १७ । 
कैलाली प्रहरीले धनगढीका स्थानिय युबा  विजय थापाको हत्यामा संलग्न रहेको भन्दै अाशिस सेठीलाई सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा बिषेश पत्रकार सम्मेलन गर्दै प्रहरीले सेठीलाई सार्वजनिक गरेको हो । सेठीलाई हत्या भएकै दिन प्रहरीले पक्राउ गरेको थियो । दुबै जना मिल्ने साथी र लागु पदार्थ सेवन गर्ने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक थापासंग रहेको थप हिरोईन सेवन गर्नको लागि घटना भएको घरको माथिल्लो तलाको सिडीमा बसेको र त्यही ठाउँमा सेठी र मृतक थापा बिच भनाभन भएपछि थापाको  सिडीमा टाउकाे लागेर चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै घाईतेलाई लुकाउन घिसारेर  लैजाने क्रममा सेठीलाई पक्राउ गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ  । गत कार्तिक ३० गते राति विजय थापाको हत्या भएको थियो । 

प्रतिकृया दिनुहोस

कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

कैलाली ,मंसिर २८ । कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा विहिवार

कैलालीको साँडेपानीमा जीप र मोटरसाइकल एकआपसमा ठोकिदा ३ जना घाइते

 बौनिया मंसिर २७ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

निर्मला पन्तको जन्मदिन पारेर आत्माको शान्तीको लागी होमयज्ञ

कञ्चनपुर,मंसिर २६।  निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आन्दोलन का स्वरुप फेरीरहेका नागरिक संघर्ष समितिले निर्मलाको आत्माको