कञ्चनपुरका महिला अधिकारकर्मीद्वारा दिउँसै टर्च लाइट बालेर प्रदर्शन

कन्चनपुर। मंसिर १९ । 
बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै कञ्चनपुरका अधिकारकर्मी महिलाले टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बिगत केही दिन यता आन्दोलनका स्वरुप फेर्दै आएका उनिहरुले  बुधबार भने  दिउँसै टर्च बालेर महेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। धर्ना दिइरहेको स्थल  जिल्ला प्रशासन कार्यालय अगाडिबाटै अधिकारकर्मीले टर्च बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी टर्च बालेर जिल्ला प्रशासन कार्यालय परिसर प्रवेश गरेका थिए।

 

आन्दोलनको अगुवाई गरिरहेकी अधिकारकर्मी शारदा चन्दले भन्नु भयो -  ‘अहिलेसम्म पनि न्याय पाइएको छैन्, हराएको न्याय खोज्न कै लागि टर्च बालेर खोजी गर्न लागेका हौं’, अधिकारकर्मीले चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। प्रशासन कार्यालयको परिसरभित्र ३० मिनेटजति धर्नासहित नारावाजी गरेका अधिकारकर्मीले त्यसपछि टर्च बालेरै प्रदर्शन गरेका हुन्। कञ्चनपुरसहित देशभर निर्मलाको न्यायका लागि आन्दोलन जारी छ। साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको १ सय ३० दिन बितिसकेको छ। साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै शव भेटिएको थियो।


हत्या प्रकरणमा थप एक युबा काठमाण्डौमा पक्राउ 

कञ्चनपुरको भीमदत्तनगर– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना युवा काठमाडौंबाट पक्राउ परेका छन् । निर्मलाको शव फेला परेको दिन साउन ११ गते घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् । लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवा मंगलवार साँझ  काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको छ । प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै