गोदावरी नगरपालिकाका जन-प्रतिनिधी सार्बजनिक कार्यक्रम मै ब्यस्त,एक महिनामा झण्डै २ लाख बढी रकम इन्धन खर्चमा सकिंदै

अत्तरिया,मंसिर १९ । 
गोदावरी नगरपालिकाका जनप्रतिनिधीको  अधिकांस समय सार्बजनिक कार्यक्रममा नै बित्न थालेको छ। बुधबार बिहान १० :४३ बजे  नगरपालिका कार्यलयमा गोदावरी न्युजको टिम पुग्दा नगर प्रमुख ,उपप्रमुख,कार्यकारी प्रमुख, लेखा प्रमुख कोही पनि कार्यकक्षमा देखीएनन् । नगरप्रमुख र कार्यकारी प्रमुख एडीबीको कार्यक्रममा सहभागिता हुन काठमाण्डौ जानु भएको छ । त्यस्तै  उपप्रमुख रत्ना कडायत दैनिक जसो सार्बजनिक कार्यक्रममा नै ब्यस्त हुन्छन्।

 

कार्यालयमा बसेर निती निर्माण बनाउने ,जनताको काममा सघाउनु भन्दा सार्बजनिक कार्यक्रममा नै भाषण गर्दै  हिंड्नु जनप्रतिनिधीको यस नगरपालिकामा दिनचर्य जस्तै बनेको छ । नगरपालिका स्रोतका अनुसार नगरप्रमुख ,उपप्रमुख नहुँदा कार्यलयको काममा खासै बाधा नपुगेपनी कार्यकारी प्रमुख र लेखाशाखा प्रमुख नहुँदा काममा ब्यबधान हुन जाने गरेको छ । एक महिनामा कतिवटा सार्बजनिक कार्यक्रममा मेयर उपमेयर जाने गरेका छन् त्यो कुराको रेकर्ड नगरपालिका कार्यालय सँग नभए पनी हरेक दिन जसो दैनिक ३-४  वटा कार्यक्रममा जाने गरेका छन् । मेयर ,उपमेयरको सवारी साधन पनि अलग अलग रहेको छ । त्यस्तै सबै वडाका वडा अध्यक्षहरुलाई एउटा एउटा मोटरसाईकलको पनि नगरपालिकाले ब्यबस्था गरेको छ । धेरै समय सार्बजनिक कार्यक्रममा जाने जन प्रतिनिधिहरुको लागी नगरपालिकाले नै इन्धनको ब्यबस्था गरेको छ ।

 

एक महिनामा झण्डै २ लाख देखी २ लाख ५० हजार सम्म बराबरको  ईन्धन  नगर प्रमुख र उपप्रमुख र अन्य कर्मचारीको गाडीमा प्रयोग भएको छ ।यो रकम अझै बढने देखिन्छ । वडाका सबै वडा अध्यक्षहरुले पनि अब मोटरसाईकलमा नगरपालिकाको रकम बाट ईन्धन प्रयोग गर्ने भएपछि रकम अझै बढने देखिएको हो । जनताको काममा सघाउन कार्यक्रममा जानु पर्ने वाध्यता रहेको जनप्रतिनिधीले बताएपनि स्थानियले भने जनप्रतिनिधी सुबिधा भोगी बन्दै गएको बताएका छन् ।

 


कार्यकारी प्रमुखको कार्यकक्ष 

 

 

नगरप्रमुखको कार्यकक्ष

 

 

उपप्रमुखको कार्यकक्ष

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि