प्रदेश सातको नाम र स्थायी राजधानीको बिषयमा बहस शुरु- खप्तड ,सेतीमाहाकली , सुदुरपश्चिम , अपी -सैपाल , खपत्ड -गोदावरी, सुन्दरान्चल नामहरुमा बह्स केन्द्रित

फागुन १३ ,अत्तरिया । 
प्रदेश न ६ ले सर्वसहमतिबाट राजधानिको प्रदेशको नाम र प्रदेश राजधानि टुंग्याएपछि अन्य प्रदेशहरुमा पनि यो विषयले बहस पाएको छ । प्रदेश न ७ मा राजधानि र नामका विषयमा औपचारिक छलफल नभएपनि सामाजिक संजाल र अन्य सार्वजनिक स्थलहरुमा बहस सुरु भएको छ । 
७ न प्रदेशको राजधानि डोटीको दिपाएलमा हुनुपर्ने भन्दै  डोटीमा आन्दोलन हुदै आएको छ । सरकारले अस्थाई राजधानि धनगढी तोकेपछि संसद र सरकारका संरचनाहरु धनगढीमा निर्माणधिन अवस्थामा रहेका छन । विगतमा पनि यस क्षेत्रमा अखण्ड सुदुरपश्चिम र थरुहट समर्थक पक्षबिच नाम र प्रदेशका विषयमा ठुलठुला आन्दोलन समेत भएका थिए। नाम र प्रदेशको राजधानीको बारेमा जनमत पनि यस क्षेत्रमा बिभाजित देखिन्छ । स्थानिय सर्बसाधारणहरुको बुझाईमा पनि ब्यापक छलफल गरेर मात्रै प्रदेशको नाम र राजधानी टुण्ग्याउनु पर्ने देखिएको छ।प्रमुख राजनितीक दलहरुले पनि औपचारिक रुपमा यो बिषयमा खासै छलफल गरेको देखिएको छैन ।   

नेपाली  काग्रेशका डोटीबाट निर्वाचित सांसद भरत बहादुर खड्काले राजधानि र प्रदेशका नामका विषयमा व्यापक छलफल हुनुपर्ने  बताए  । उनले भने -  प्रदेशको नामको ठुलो अर्थ रहने हुँदा  जनस्तरसम्म छलफलमा लैजानु पर्छ  । ७ न प्रदेशको नामा खप्तड प्रदेश , सेति महाकालि , अपि सैपाल राख्दा उचित हुने उनको  सुझाब  रहेको छ । सांसद खड्काले प्रदेशको राजधानि सबैलाई पाएक पर्ने दिपायललाई बनाउदा राम्रो हुने धारणा व्यक्त गरे  । 

यता एमालेकी  सांसद चुनकुमारी चौधरीले प्रदेशको नाम र राजधानिको विषयमा पार्टीमा  छलफल नभएको जानकारी दीईन  । उनले भनिन - पहाड र तराइका वासिन्दाको भावनालाई कदर गर्दै खप्तड गोदावरी  प्रदेश राख्दा उचित हुन्छ ।   । उनले  यो नामलाई आफुले पार्टीभित्र पनि उठाउने बताईन  । सांसद चौधरीले ७ न प्रदेशको राजधानि अत्तरीया बनाउदा उपयुक्त हुने सुझाब दीईन  । यस्तै साहित्यकार पदमराज जोशिले ७ न प्रदेश प्राकृतिक र धार्मिक सम्पदाको धनि भएकाले सबैलाई समेट्ने उपयुक्त नाम सुन्दराञ्चल हुने धारणा राखे  । उनले  सात न प्रदेशका सुन्दर सम्पदाहरुको आँचल सुन्दराञ्चल नामनै सबैलाई सर्वस्विकार्य हुनसक्ने सुझाय  । 

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस