निर्मला पन्त हत्या प्रकरण - कञ्चनपुरमा समातिएका छोडिए ,काठमाडौंबाट पक्राउ परेका यूवा थुनामा

काठमाडौं, मंसिर २० ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ। उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको  कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले  बताए । ‘सोधपुछका लागि बोलाएका थियौं, हिजो साँझ नै छोडिदियौं,’ उनले भने। यता काठमाडौंबाट पक्राउ परेका युवाको भने थुनामा राखेर बयान र प्राविधिक जाँच भइरहेको छ। उच्च प्रहरी स्रोतका अनुसार ती यूवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिँदैछ।

‘संकेतहरू प्रशस्त छन् तर यसअघि पनि नेपाल प्रहरी चुकेकाले यसपालि अनुसन्धान पूरा भएर एकीन नभएसम्म बाहिर नभन्ने गरी काम गरिरहेका छौं, ’ सोतले भन्यो। शंकाष्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती युवालाई समातेको थियो।  ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन। निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिए।

 

त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो। यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो। निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो। साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन्। भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । सेतो पाटिवाट साभार

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि