निर्मलाको सम्झनामा पशुपतिमा सतबिज छरियो

काठमाण्डौ, मंसिर २० । 
‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । आज बिहान  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पारेर उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर र ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियानकर्ता सौरभ न्यौपानेले जानकारी दिनु भयो  ।कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना पूरा हुँदा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै देशव्यापी रुपमा निर्मलाका निम्ती न्याय अभियान नै चलाइएको छ ।दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै