बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी

काठमाण्डौ,मंसिर २० । 
 पुँजी (तरलता) को अभाव हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । बैंकर्स संघले सर्वसाधारण व्यक्तिगत निक्षेपकर्तालाई दिने मुद्दतिको ब्याज बैंकहरुलाई आफ्नो अनुकुलतामा तोक्न दिने निर्णयसँगै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा भएको हो । बैंकर्स संघको उक्त निर्णयसँगै कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत पुर्याएको छ । बैंकले तीन वर्ष अवधिका लागि न्यूनतम १० हजार रुपैयाँ बचत गर्न सकिने जनाएको छ ।  त्यस्तै माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ । बैंकले मासिक ब्याज भुक्तानी गर्ने गरी ५ वर्षका समयावधिका लागि व्यक्तिगत मुद्दतीमा साढे १२ प्रतिशत ब्याज दिने भएको हो ।  यता जनता बैंकले भने मंगलबार नै मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत पुर्याइसकेको छ ।   बैंकर्स संघको मंगलबारको बसेको बैठकले व्यक्तिगत निक्षेपका हकमा वाणिज्य बैंकले आफ्नो अनुकुलमा ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । विगतमा बैंकहरुबीच भद्र सहमति नहुँदा ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो । बैंकहरुबीच भएको भद्रसहमति अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको