रबिलाई ओडलाई जिताउन धनगढीमा ब्यापक प्रचार अभियान

अत्तरिया,मंसिर २० । 

नेपाल आईडल  सिजन–२ अन्तर्गत बिहीवार हुने कार्यक्रममा आइडलका मुख्य दाबेदार रवि ओडले ‘प्रिय तिम्रो सम्झना, भविष्यको कल्पना..’ बोलको गीत गाउने भएका छन् ।अहिलेसम्म राम्रो प्रस्तुति दिएका रवि आजको अंकमा पनि त्यस्तै दमदार प्रस्तुती देखाउने भएका छन्। रबिलाई भोट गराउने र जिताउन यस क्षेत्रमा अभियान नै शुरु गरिएको छ । धनगढी बजारको ठाउँ ठाउँमा रबि ओडलाई भोटको अपिल गर्दै होर्डिङ बोर्ड राखिएका छन् । त्यस्तै अटोरिक्साहरुमा पनि रबिलाई भोटिङको अपिल गर्दै ब्यानरहरु राखिएका छन् । रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।रवि बाहेक नेपाल आइडलमा अब सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र बिक्रम बराल नेपाल आइडलमा बाँकी छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि (शुक्रबार) एक प्रतिस्पर्धी बाहिरिने छन् ।

प्रतिकृया दिनुहोस

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत

बिचार - "सयौँ रबि ओड र चेतराज फुलाराहरु यँही छ्न्,स्थानिय मेला महोत्सबमा मञ्च दिउँ"

अत्तरिया,मंसिर २८ ।  नेपालमा हरेक वर्ष जसो विभिन्न ठाउँहरुमा विभिन्न समयमा महोत्सव एवम् मेलाहरु संञ्चालन भईरहेका छन् । यस मामलामा सुदुरपश्चिम अझ

नेपाल अाईडलकाका चार प्रतिस्पर्धी संगीतिक कार्यक्रमको लागी कोरिया जाँदै

काठमाण्डौ,मंसिर २७।  नेपालको ठुलो सिंगीङ रियालिटी शो नेपाल अाईडलका का चार प्रतिस्पर्धी कोरिया जाने भएका छन् ।दक्षिण कोरियाको महत्वपूर्ण चाड