निर्मला हत्या प्रकरणमा दोषी पत्ता लाउन प्रहरी अनुसन्धान तिब्र-थप दुई जनालाई प्रहरीले अनुसन्धानका लागि काठमाडाैं पठायो

कन्चनपुर, मंसिर २० । 

कन्चनपुर कि १३ बर्षिय बालिका निर्मला पन्तको न्यायको लागी देशभर प्रदर्शन भएपछि चर्को दबाबमा परेको प्रहरी प्रशासनले  आफ्नो अनुसन्धानलाई फेरी तिब्र पारेको छ । यस्तै निर्मला पन्त हत्याकाण्डमा थप दुई जनालाई कन्चनपुर प्रहरीले अनुसन्धानका लागि अभिभावककाे साथ लगाएर काठमाडाैं पठाएकाे छ । मंगलबार काठमाण्डौँमा पक्राउ परेका प्रदिप रावलले दिएको बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भतपुरका दिनेश चौधरी र संन्दिप चौधरीलाई काठमाडाैं पठाइएकाे हाे ।दुबैजनालाई  बुधबार साँझ कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले महानगरिय प्रहरी परिसरले केही बुझ्नका लागि झिकाएकाले अभिभावककाे साथ लगाएर काठमाडाैं पठाइएकाे बताउनु भयो  ।‘दुवै जनालाई केन्द्रमा बोलाएको हो,’ प्रवक्ता ओझाले भने, ‘हामीले त सहजीकरण गरेका हौँ, घटनाको थप बुझ्न्को  लागि पठाइएको हो ।’ दिनेश चौधरीका आमा सिता चौधरीले घरमै रहेका दिनेश र संजिवलाई हिजो साँझ पक्राउ गरि जिल्ला प्रशासन कार्यलय लगिएकाे बताइन् ।

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि