अत्तरिया कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया , मंसिर २० ।
कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको अत्तरिया कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । संस्था संञ्चालक समितीकि अध्यक्ष कुन्ती पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथी रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथीमा गोदावरी नगरपालिकाकि उपप्रमुख रत्ना कडायत रहनुभएको थियो । कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री सुवेदीले प्रदेशको सम्बृद्ध विकासमा सहकारीहरुको पनि महत्वपुर्ण भुमिका रहेकाले सहकारीको विकास प्रदेशको पनि विकास रहेको बताउनुभयो ।

 

सहकारीको नाम नै कृषि सहकारी रहेकाको बताउदै उहाले यस क्षेत्रका कृषिकहरुको स सानो पुजीलाई सड्कलन गरेर कृषि क्षेत्रमै लगानी गर्न सहकारीलाई सुझाव दिनुभयो । २०७३ सालमा ३३ जना शेयर सदस्यहरुवाट सुरु भएको अत्तरिया कृषि सहकारी संस्थामा अहिले  ३८८ जना शेयर सदस्यहरु रहेको संस्थाकि अध्यक्ष कुन्ती पाण्डेले बताउनुभयो । उहाले सो सहकारीको उध्श्य नाफा कमाउनु नभई निम्न आयस्तर भएका कृषिकहरुको जिवन स्तर सुधार गर्नु  रहेको बताउनुभयो ।

 

 

 

आगामी योजना बारे बताउदै उहाले सो संस्थाले कृषकहरुलाई मल , बिउविजन तथा कृषि जन्य उत्पादनलाई संड्कलन तथा सहुलियत दरमा बिक्रि बितरण गर्ने उध्ेश्यका साथ सहकारी पसल संञ्चालन गरिने बताउनुभयो । यस्तै कृषि उपज बेचबिखन गर्ने सदस्यहरुलाई सहुलियत दरमा रिण प्रवाह गर्नुका साथै ब्यबसायिक कृषि र पशुपालन क्षेत्रमा बृद्धि गर्ने योजना पनि रहेको उहाले बताउनुभयो । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाकि प्रबन्धक संक्रान्ति भट्टले आर्थिक बर्ष २०७४÷०७५ मा संस्थाले ८ लाख ६४ हजार ८ सय ६७ रुपैया आम्दानी गरेको  र त्यसवाट ६ लाख २५ हजार ४ सय ७५ रुपैया खर्च भई १ लाख ७१ हजार १ सय ५८ रुपैया कुल नाफा कमाउन सफल भएको बताउनुभयो । संस्थाका कोषध्यक्ष निर्मल कुमार गुरुडकोले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संञ्चालन उपाध्यक्ष शिवराज रेग्मीले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशमा प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ खर्च गर्ने बाटो खुल्ला

कैलाली ,मंसिर २८ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठक अबदेखी हरेक हप्ताको बुधबार बस्ने भएको छ । सरकारका काम कारबाहीको समीक्षा सँगै

अत्तरियामा बैंकका शाखाहरु खुल्ने क्रम बढदै,बजार क्षेत्रमा घरभाडा महंगो बन्दै

अत्तरिया,मंसिर २७।  अत्तरियामा पछिल्लो समय यता ठुला बैंकका शाखाहरु खुल्ने क्रम बढेको छ । केही महिना यता बजार क्षेत्रमा झन्डै १ दर्जन बढि बैंकहरुले

इन्जिनियर्स एसोसियनको निर्वाचन - सुदूरपश्चिम प्रदेशमा लवप्रसाद जोशीको लोकतान्त्रिक समूह बलियो

अत्तरिया , मंसिर २७ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । भोलि