माल्दिभ्सको सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाइदियो ।

एजेन्सी माले, २५ माघ | माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत साताको आफ्नै फैसला उल्टाइदिएको छ । राष्ट्रपति अब्दुल्ला यामिनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको भोेलिपल्ट सर्वोच्चले आफ्नै फैसला उल्ट्याएको हो ।सर्वोच्चका बाँकी रहेका तीन न्यायाधीशहरूले ‘राष्ट्रपतिले देखाएका चिन्ताका बीच’ आफूहरूले यसअघिको निर्णयलाई खारेज गरेको बताएका छन् । राष्ट्रपति यामिनले सोमबार संकटकाल घोषणा गरेका थिए ।देशमा संकटकाल घोषणा गरेको केही घन्टापछि यामिनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरूले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै सोमबार प्रधानन्यायाधीश अब्दुल्ला साइद र अर्र्का न्यायाधीश अली हामिदलाई पक्राउ गर्न आदेश दिएका थिए ।सरकारले सर्वाेच्च अदालतको आदेशको पालना नगर्नसमेत सेनालाई निर्देशन दिएको थियो । सरकारको कदमलाई विपक्षी राजनीतिक दलहरूले षड्यन्त्र बताउँदै आएका छन् । गत साता सर्वोच्च अदालतले विपक्षी राजनीतिज्ञहरूको एउटा समूहसहित पूर्वराष्ट्रपति मोहमद नासिदलाई सफाइ दिएको थियो ।सन् २०१५ मा पूर्वराष्ट्रपति मोहमद नासिदमाथिको सुनुवाइ असंवैधानिक भएको निर्णय सर्वोच्च अदालतले सुनाएको थियो । निर्वासनमा बस्दै आएका नासिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिला नेता हुन् ।विपक्षीलाई समर्थन गरेका कारण प्रहरीले पूर्वराष्ट्रपति मैमुन अब्दुल गैयुमलाई घरमै नजरबन्दमा राखेको छ । आफूलाई नजरबन्दमा राख्नुको कुनै कारण नभएको गैयुमले बताएका छन् । उनले माल्दिभ्समा ३० वर्षसम्म शासन गरेका थिए । सन् २००८ मा भएको पहिलो राष्ट्र«पतीय प्रजातान्त्रिक निर्वाचनमा उनी पराजित भएका थिए ।पछिल्लो राजनीतिक घटनाक्रमप्रति अमेरिका र बेलायतले चासो देखाएका छन् । प्रहरीले अदालतको आदेश पालना गर्न विफल भएको र सरकारले प्रमुख राजनीतिक दलका नेताहरूलाई जेल चलान र देशनिकाला गरेको अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बेलायतका विदेशमन्त्री बोरिस जोनसोनले तत्काल संकटकाल हटाउन राष्ट्रपति यामिनलाई आग्रह गरेका छन् । ‘पछिल्लो कदमले माल्दिभ्सका प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर बनाएको छ र संसदीय प्रक्रियाको निरन्तर दुरुपयोग दुःखद हो,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सेना परिचालन गर्न भारत तयार भारतीय सेनाले आवश्यक परेको खण्डमा आफ्ना सैनिक माल्दिभ्समा खटाउन तयार रहेको बताएको छ । सेना तयारी अवस्थामा रहेको र तुरुन्तै परिचालित हुन सक्ने भारतीय सेनाका एकजना प्रवक्ताले बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि, माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिदले भारत र अमेरिकालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । यसअघि, सन् १९८८ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपतिलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो ।

प्रतिकृया दिनुहोस

गाजा हिंसामा मृतकको संख्या ५८ पुग्यो

जेठ १  , काठमाडौं । प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् । इजरायल सँगको सिमानामा

सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

एजेन्सी जेनेभा, १५  फागुन |  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने माग

फागुन ११ , एजेन्सी  गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु