सरकारद्वारा २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) साथमा नराख्न सर्वसाधारणलाई आग्रह

काठमाडौं,मंसिर २७। 
सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु)  नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन, नबोक्न र नराख्न नेपाल राष्ट्र बैंकमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ । गत सोमबार (मंसिर २४ गते) बसेको मन्त्रिपरिषद बैठकले भारु २००, ५०० र २००० दरका नोट भारत सरकारले नै चल्तीमा ल्याउन छाडिसकेका कारण त्यस्ता नोट ‘खोटो’ हुने भएकाले नबोक्न, नराख्न र चल्तीमा नल्याउन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो  ।सरकारले दुई वर्षअघि नै भारु ५०० र १००० दरका नोट चल्तीमा नल्याउन निर्देशन जारी गरेको भए पनि सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रमा रहेको हुन सक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको बास्कोटाको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु