सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

एजेन्सी जेनेभा, १५  फागुन | 
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोहीनियन्त्रित पूर्वी गुटामा सेनाले एक हप्ता लामो कारबाही चलाएपछि सुरक्षा परिषद्ले सोे निर्णय लिएको हो ।सुरक्षा परिषद्का सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र स्वास्थ्य सुविधा पु-याउने विषयमा मतदान गरेका थिए ।

गत आइतबारदेखि सिरियाली सेनाले गुटामा विद्रोहीविरुद्ध भीषण गोलाबारी गरेको थियो । सेनाको कारबाहीमा पाँच सय सर्वसाधारण मारिएका छन् । मारिनेमा एक सय बालबालिका छन् ।

यसअघि युद्धविरामको प्रस्तावमा संयुक्त राष्ट्र«संघको सुरक्षा परिषद्मा तीन दिनदेखि लामो बहस चलेको थियो ।

बिहीबार पेस भएको युद्धविरामको प्रस्तावलाई रसियाले अस्वीकार गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।

रसियाले सिरियाली राष्ट्रपति बसर अल असद सरकारलाई समर्थन गर्दै आएको छ । सिरियाली सेनासँग मिलेर उसले विद्रोहीविरुद्धको कारबाही तीव्र पार्दै आएको छ ।

तर, सिरियामा लामो समयदेखि अस्थिरता निम्त्याएको भन्दै पश्चिमेली कूटनीतिज्ञहरूले रसियाको विरोध गरेका छन् ।

अतिवादी समूहमा लागू नहुने
राष्ट्रसंघको ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव अतिवादी मुस्लिम समूह आइएस, अलकायदा र नुस्रा फ्रन्टका लागि भने लागू नहुने जनाइएको छ ।

अलकायदाआबद्ध नुस्रा फ्रन्टले गत वर्षदेखि सिरियाका अन्य लडाकुहरूसँग गठबन्धन गरेको थियो । युद्धविराममा अन्य समूहलाई पनि समेट्नेबारे रसियाले गरेको संकल्प प्रस्तावको अन्य मुलुकहरूले विरोध गरेका थिए ।

सुरक्षा परिषद्ले आइएस, अलकायदालगायत अन्य समूहलाई अतिवादी बताउँदै आएको छ ।

सेनाको कारबाहीपछि गुटामा मानवीय सहायताका लागि आवश्यक सामग्री पुग्न सकेको छैन । त्यस्तै, प्रभावित क्षेत्रका मानिसको स्वास्थ्य उपचारका लागि भएका प्रयास सफल हुन सकेका छैनन् ।

हिंसाको चपेटमा परेका हजारौँ नागरिकलाई युद्धविरामको समयावधिमा सहायता सामग्री वितरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिरियामा यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ ।


संयुक्त राष्ट्रसंघका लागि रसियाली राजदूत भासिली नेबेन्जियाले सिरियामा संघर्षरत पक्षबीच सहमति नभए युद्धविराम सम्भव नहुने बताए ।

विद्रोहीको पकड रहेको गुटामा पछिल्लो समयमा भएका सैनिक कारबाहीप्रति सञ्चारमाध्यमहरूले बढाइचढाइ गरेको उनले आरोप लगाए ।

सिरियामा मानवीय अवस्था जटिल बन्दै गएकाले समस्या समाधानका लागि त्यहाँ तत्काल कदम चाल्नुपर्ने उनले बताए । ‘पूर्वी गुटामा मात्र होइन, सिरियाका सम्पूर्ण क्षेत्रमा मानवीय सहयोगको आवश्यकता छ,’ उनले भने ।

 
राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाले युद्धविराम कार्यान्वयन गर्नेमा आशंका व्यक्त गरिन् । तत्कालै युद्धविराम कार्यान्वयन गर्न उनले रसियालाई आह्वान गरेकी छन् ।

वार्ताबाट रसिया उम्किन खोजेको उनले आरोप लगाइन् । हेलीले भनिन्, ‘सिरियाले युद्धविराम कार्यान्वयन गर्ने निश्चित छैन ।’

बम आक्रमणमा धेरै आमाहरूले आफ्ना सन्तान गुमाएको उनले बताइन् । सुरक्षा परिषद्को बैठकपछि पनि हवाई हमला निरन्तर चलिरहेको उनको भनाइ थियो ।

राष्ट्रसंघका लागि फ्रान्सका राजदूत फ्रान्कोइस डिर्लाटीले युद्धविराम गर्न ढिलाइ भएको बताए । प्रस्ताव पारित गर्न ढिलाइ हुँदा राष्ट्रसंघको क्षमतामाथि पनि प्रश्न खडा हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

गाजा हिंसामा मृतकको संख्या ५८ पुग्यो

जेठ १  , काठमाडौं । प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् । इजरायल सँगको सिमानामा

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने माग

फागुन ११ , एजेन्सी  गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु

डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति

फागुन १०, एजेन्सी ।    राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको