यो मेरो करिअरको अन्तिम समय हो -ब्याँकर अनिल केशरी शाहा

 

बैंकर अनिल केशरी शाह पछिल्लो समय राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को फन्दामा परेका छन् । ‘कुलिङ पिरियड’ समाप्त नहुँदै उनी निमित्तकै रुपमा भए पनि आठ वर्षपछि नबिल बैंक फर्किएका छन् । यसअघि नयाँ चुनौति लिने बताउँदै नबिलबाट बाहिरिई मेगा बैंकमा दुई कार्यकाल बिताएका शाहसँग अनलाइनखबरकर्मी विजयराज खनालले गरेको कुराकानीः 


आठ वर्षअघि नयाँ चुनौती लिने बताउँदै नबिलबाट बाहिरिनु भएको थियो । नयाँ बैंकमा हुने चुनौती के रहेछन् ?

आठ वर्षअघि स्थापित संस्था छाडेर नयाँमा जाँदै थिएँ, जसको सञ्चालन अनुमतिसमेत आइसकेको थिएन । नयाँ सोचसहित जाऔं भनेर अगाडि बढ्यौं । हामीले ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ सबै नेपालीको बैंक बन्ने उद्देश्यले अगाडि बढ्यौं ।

हाम्रो टिम पनि राम्रो थियो, लक्ष्य बोकेर अगाडि बढ्दा राम्रै परिणाम आयो । यसबीचमा राष्ट्र बैंकको नियम आयो, दुई कार्यकालभन्दा बढी एकै व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नमिल्ने । मेगा बैंकमा दुई कार्यकालका आठ वर्ष बिताएँ । हुन त, त्यो नियम लागू भएको समयदेखि मात्रै कार्यकालको अवधि गणना हुने प्रावधान छ ।

मेगा बैंकका संस्थापकहरुले मलाई निरन्तरता दिन यस विषयमा राष्ट्र बैंकसँग पनि छलफल गर्ने प्रयास गर्नुभएको थियो । तर, केही द्विविधा बाँकी थियो, म बैंकर्स संघको अध्यक्ष पनि थिएँ ।

त्यहीं मेरो संक्रमणकाल पनि शुरु भयो । मैले राष्ट्र बैंकको नियममा द्विविधा बाँकी रहँदा बैंकमा निरन्तरता नदिने मनशाय राखें । हामी सुरक्षित रुपमै बसौं भन्ने सल्लाह दिएँ । त्यहाँ राम्रो समूह निर्माण भएको छ, आन्तरिक रुपमै नेतृत्व लिन सक्ने अवस्था बनेको छ । नभए अन्य राम्रो कुनै प्रमुख ल्याउनु ठीक होला भनें र त्यो अध्याय त्यहीं बन्द गरियो ।

मैले बुझेको छु, अब यो मेरो करिअरको अन्तिम समय हो । अब आउने २/४ वर्षमा जे गर्छु, त्यसले नै अनिल शाहलाई परिभाषित गर्नेछ । म नबिल फर्किनुमा त्यो पनि एउटा कारण हो । यहाको टिम राम्रो छ, जसले ३३ वर्षदेखि बैंकिङ क्षेत्रको नेतृत्व लिँदै आएको छ ।

त्यहाँ लिएका अधिकांश लक्ष्य पूरा भएका थिए । मेगा बैंकसँगै आएका समकक्षी बैंकहरुमा हामी नै पहिलो थियौं । मध्यम तहका बैंकहरुसँग मेगाले प्रतिस्पर्धा गर्न सक्ने गरेर अगाडि बढेको छ । राजनीतिक स्थिरता भइदिएको भए हाम्रो पदचाप अझै धेरै फैलिएको हुन्थ्यो भन्ने लाग्छ ।

प्रणाली सुदृढ भएको छ, प्रतिफल राम्रो दिइरहेको छ । आठ वर्षअघि नबिल बैंकलाई जस्तो अवस्थामा छाडेको थिएँ, मेगामा पनि त्यस्तै अवस्था बनाएको छु । मैले छाडेपछि नबिलले अझै राम्रो गर्दै गयो । बाहिरबाट हेर्दा पनि राम्रो लाग्थ्यो । म अहिले फर्किंदा यो अझै धेरै ठूलो भएको छ, मेगाले पनि त्यही गर्न सक्छ ।

मैले बुझेको छु, अब यो मेरो करिअरको अन्तिम समय हो । अब आउने २/४ वर्षमा जे गर्छु, त्यसले नै अनिल शाहलाई परिभाषित गर्नेछ । म नबिल फर्किनुमा त्यो पनि एउटा कारण हो । यहाको टिम राम्रो छ, जसले ३३ वर्षदेखि बैंकिङ क्षेत्रको नेतृत्व लिँदै आएको छ ।

नबिललाई सुरक्षित अवतरणको माध्यम बनाउन लाग्नु भयो भन्ने कुरा पनि उठ्ला । के भन्नु हुन्छ ?

मैले कहिले पनि सुरक्षा खोजिनँ । ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)मा हुँदा प्रमुख तहमा म एक्लो नेपाली थिएँ । प्रमुख सञ्चालन अधिकृत र कन्जुमर बैंकको प्रमुख थिएँ । सुरक्षा खोजेको भए म नेपालमा नभई, दुबई, मध्यपूर्वी वा सुदूर पूर्वी देशहरु वा अन्य कतै हुने थिएँ होला ।

चार्टर्डमा काम गरेर डलर कमाइरहेको हुन्थें होला । नबिल बैंकमा त्यो समय महाप्रबन्धक भएर आउने थिइनँ म । यसअघि यहाँ ६ वर्ष काम गरिसकेको थिएँ । तीन वर्षको सम्झौता बाँकी थियो । म यहीं बस्थें नि ।

सुरक्षा खोजेको भए सञ्चालन अनुमति नै नपाएको बैंकमा अवश्य जाने थिइनँ । चुनौती थियो, त्यो बैंकलाई स्थापित गरें । काम गरेपछि पैसा त जहाँ पनि पाइन्छ नि । मैले आठ वर्षमा जे गरें, त्यसले पनि ‘वाउ’ भन्ने परिणाम दिएको छ । मेगाको त्यो ‘वाउ’ सकिएपछि अहिले यहाँ आएँ ।

म गल्फ खेलेरै बिताइदिन सक्थें होला । नबिल आउदिनथें होला, अर्को बैंक पनि जान सक्थें । यहाँ त दाँतबाट पसिना निकालेर काम गर्नुपर्छ । मेरो बुद्धि लगाउनुपर्छ, पसिना बगाउनुपर्छ अनि नबिललाई यहाँभन्दा अझै माथि लैजानुपर्छ ।

समथरमा बस्नेले स्वयम्भुको डाँडा चढ्दा पनि हामी कति माथि आयौं भनेर सोच्छन् । नबिल बैंक त पहिले नै उचाइमा छ । चुनौती छ, त्यसलाई थप उचाइमा पुर्याउन।

एउटा कुरा प्रष्ट पार्नै पर्छ । धेरैले मेगा छाडेपछि के हो अनिल शाहको ट्रान्जिसन भनेर पनि चर्चा गरिरहेका छन् । मेगा छाडेपछि मैले अर्को बैंकसँग सम्झौता पनि नगरेको होइन । सम्झौताको चार पाना हुन्छ । साढे तीन पानामा मैले के गर्ने भन्ने हुन्छ । आधा पानामा उहाँहरुले मलाई के दिने भन्ने हुन्छ ।

म ‘ग्रे एरिया’मा बसेर काम गर्न चाहन्नँ । मैले आजसम्म जे कमाएको छु, त्यो दामभन्दा बढी नामै हो । मेगा बैंकमै सीईओका रुपमा निरन्तरता दिन राष्ट्र बैंकको नियमले बाटो खोलिदिएकै थियो ।

आधा पानाको कुरा गर्न राष्ट्र बैंकको नियमले मिल्छ कि मिल्दैन हेर्नुस् भनें मैले । राष्ट्र बैंकले पनि मिल्दैन भन्यो । मैले ग्रे एरियामा रहेर सम्झौता नगरौं भनें । यहाँ नबिल बैंकको पूर्वसीईओले पनि राजीनामा दिनु भएको थियो । मलाई यहाँबाट फेरि सँगै मिलेर जाऔं भन्ने प्रस्ताव आयो र त्यसलाई स्वीकारे ।

यहाँ मलाई नियुक्ति दिइएकै दिन राष्ट्र बैंकले प्रमुख पद छाडेपछि ६ महिनासम्म अर्को संस्थामा सोही पदमा जान नमिल्ने ‘कुलिङ पिरियड’को प्रावधान ल्याएको रहेछ । धेरैले मलाई नै रोक्न यो नियम आयो भन्ने ठानेछन् । मलाई लाग्छ, म त्यस्तो ठूलो हस्ति होइन, जसलाई नै लक्षित गरेर राष्ट्र बैंकले नियम ल्याउँछ । यसमा ‘टाइमिङ’ मात्र नमिलेको हो भन्ने मलाई लाग्छ ।

म ‘ग्रे एरिया’मा बसेर काम गर्न चाहन्नँ । मैले आजसम्म जे कमाएको छु, त्यो दामभन्दा बढी नामै हो । मेगा बैंकमै सीईओका रुपमा निरन्तरता दिन राष्ट्र बैंकको नियमले बाटो खोलिदिएकै थियो ।

राष्ट्र बैंककै कारण अहिले बैंकिङ क्षेत्र सबैभन्दा व्यावसायिक र पारदर्शी बन्न सकेको छ । म राष्ट्र बैंकको यो भूमिकालाई प्रोत्साहन गर्छु ।

यसअघि नबिलमा हुँदादेखि हालसम्म करारमै काम गर्दै आएको थिएँ । अहिले नबिलमा फर्किंदा पूर्णकालीन कर्मचारीको रुपमा आएको छु । कर्मचारीले पाउने अन्य लाभ पाउने भएको छु । फेरि पनि कसैले भन्लान्, म सुरक्षा खोजेर आएँ । तर, सुरक्षा खोज्ने भए किन निमित्त कार्यकारी भएर आउँथें । अनिल शाहलाई पदले मात्र परिभाषित गर्छ भन्ने मलाई लाग्दैन ।

तपाईंले ‘ग्रे एरिया’मा आउन मन लागेन भन्नु भयो । राष्ट्र बैंकले तीन महिनाभन्दा बढी सीईओको पद खाली हुन नहुने व्यवस्था गरेको छ । तर, तपाईं प्रमुख कार्यकारी अधिकृत हुनुअघि लगभग २०/२५ दिनले यो नियम उलंघन हुन्छ नि ?

अहिले धेरै बैंकमा तीन महिनाभन्दा बढी पनि निमित्तले नै संस्था हाँकिरहेका छन् । राष्ट्र बैंकले हाम्रो सम्बन्धमा कस्तो निर्णय लिन्छ, त्यसमा भर पर्छ । अन्यमा पनि राष्ट्र बैंकले धेरै कडाइ गरेको छैन । यो मेरो भन्दा पनि हाम्रो सञ्चालक समितिले गर्ने निर्णयमा भर पर्ने कुरा हो । यसले धेरै कठिनाइ ल्याउला भन्ने लाग्दैन ।

त्यसो भए नबिलमा आगामी दिनमा के के फरक देख्न पाइनेछ ?

मैले मेगा छाडेपछि खालि हुँदा नबिल बैंकबारे पुनः मूल्यांकन पनि गरें । नबिल बैंक आफैंमा पनि भिन्न छ । यो बैंकले राष्ट्र बैंकले तोकेको पुँजी पु¥याउन एक रुपैयाँ पनि लगानी थप्नु परेन । बैंक आफैंले गरेको कमाइले पुग्यो । न एफपीओ ग¥यौं, न त मर्जर वा एक्वायर नै ।

नबिलबाहेक नेपालमा अरु कुनै बैंकले यस्तो गर्न सकेनन् । हाम्रा सेयर लगानीकर्ताहरुले हामीसँग गर्ने अपेक्षा पनि फरक छ, हाम्रा ग्राहकले गर्ने अपेक्षा पनि अरुमा भन्दा फरक छ ।

हाम्रो अबको सोच ‘सँगै अगाडि’ भन्ने पनि छ । हाम्रा ग्राहकहरुले जे गरिरहनु भएको छ, त्यसलाई साथ दिँदै अगाडि बढ्ने छौं । उहाँहरुको जिन्दगी पनि राम्रो होस् र हाम्रो बैंक पनि अगाडि बढोस् भन्ने सोचमा जानेछौं ।

दोस्रो, हाम्रा सेयर होल्डर । आजसम्म पनि बैंक ब्लु चिप कम्पनीका रुपमा गनिन्छ । राम्रो प्रतिफल दिनेमा पर्छ । तेस्रो नियामक । नियामकले पनि आगामी दिनमा बैंकको उदाहरण दिँदा नबिलको देओस् र नमूनाका रुपमा हेरोस् ।

चौथो, समुदाय । हामी पैसा कमाउने मात्रै होइन, समाजका लागि केही गरौं भन्ने हिसाबले पनि अगाडि बढ्ने छौं । नबिल फाउन्डेसन छ, त्यसमार्फत् काम गर्नेछौं । पाँचौं, हाम्रो टिम । यो टिमले अन्यत्र विकल्प खोज्नुपर्ने अवस्था नआओस् भन्नेमा केन्द्रित हुनेछौं । नयाँ आउन चाहनेका लागि पनि नबिल नै पहिलो रोजाइ बनोस् भन्ने हो ।

अन्य रणनीतिक सोचहरु के छन् ?

हाम्रोमा अहिले विदेशी लगानी भएका बैंकहरु पर्याप्त छन् । मैले शुरु गरेको ग्रिनलेज बैंक पनि यस्तै हो । अहिले यहाँ बेलायती, भारतीय, पाकिस्तानी, बंगलादेशी लगानी भएका बैंक पनि छ । नेपाली बैंकले विदेशमा गएर कहिले कमाएर ल्याउने त ? यो एउटा पनि गर्न पाए त, मेरो बैंकिङ करिअरले पनि पूर्णता पाउने थियो कि भन्ने लाग्छ ।

अहिले सबै बैंक आठ अर्बका भएका छन् । पहिले पुँजीका आधारमा नबिल ठूलो बैंक थियो । तर, अहिले सबै बैंक उत्रै भएका छन् । यस्तो अवस्थामा अब पुरानो र ठूलो बैंकलाई अगाडि बढाएर लैजानुपर्छ ।

नबिलले गरेर नदेखाए कसले देखाउने ? यो अरु बैंकहरुले विदेशमा गएर सम्पर्क कार्यालय खोलेजस्तो सीमित हुने छैन । यसमा हामी धेरै अध्ययन गरेरै अगाडि बढ्नेछौं ।

यसको उच्च स्थान कायम गरिराख्नु त झन् चुनौतीपूर्ण छ र अवसर पनि । नबिल बैंकको एकदम राम्रो ब्रान्ड छ । ३३ वर्षमा मानिसको जुन विश्वास छ यस बैंकप्रति, त्यसलाई पनि वृद्धि गरेर लैजानु छ । नबिल बैंकलाई एउटा बलियो बैंक भनेर सबैले चिन्छन् । अब प्रविधियुक्त बनाउने र नयाँ प्रोडक्ट ल्याउने लक्ष्यमा छु ।

पुराना ठूला बैंकहरु आकारमा अझै ठूला हुनेछन् भन्ने अपेक्षा सेयर लगानीकर्ताहरुमा देखिन्छ । के हुन्छ ?

नबिल बैंक यही अवस्थामा रहन्थ्यो भने न म यो बैंकमा आउने थिएँ, न उहाँहरुले पनि मलाई ल्याउनु हुन्थ्यो होला । सोच ठूलो बन्ने नै हो । नाफाको आकारमा मात्रै ठूलो बन्ने सोच होइन । प्रभावमा पनि ठूलो बन्ने हो ।

नबिल बैंक शुरुमा आउँदा हामी अग्रणी बन्नेछौं भनेका थियौं । मानिसले नेपालीले चलाएको बैंक पनि ठूलो होला र भन्ने गरेका थिए । तर, हामी सफल भयौं । हामी विदेशमा गएर संस्था खरिद गर्ने वा त्यहाँ शाखा नै सञ्चालन गर्नेभन्दा पनि धेरैले नपत्याउलान् । तर, हाम्रो सोच त्यही हो ।

नबिलले गरेर नदेखाए कसले देखाउने ? यो अरु बैंकहरुले विदेशमा गएर सम्पर्क कार्यालय खोलेजस्तो सीमित हुने छैन । यसमा हामी धेरै अध्ययन गरेरै अगाडि बढ्नेछौं ।

चुक्ता पुँजी वृद्धिसँगै हामी पनि विदेशी साझेदारसँग बसेर गफ गर्न सक्ने हैसियतमा पुगेका छौं । हाम्रो विदेशमा जस्तो पहुँच छ, अन्य कसैको पनि छैन होला । हाम्रो अध्यक्षको पनि राम्रो अन्तर्राष्ट्रिय सम्बन्ध छ ।

हाम्रो लगानी कम्पनी नै यहाँको वास्तविक अन्तर्राष्ट्रियस्तरको नेपाली कम्पनी हो । उहाँहरुको जस्तो पहुँच बाहिर छ, अन्यको छैन । बैंकका लागि त्यसको लाभ मैले किन नलिने । उहाँहरुले विदेशमा ढोका खोलिदिनु हुनेछ । त्यहाँ कसरी काम गर्ने त मेरो जिम्मेवारीको कुरा हो ।

तपाईंहरुले विदेश केन्द्रित हुदैछौं भनिरहँदा नेपालमै बैंकहरु भने पुँजी अभावजस्ता समस्याले हरेक वर्ष ग्रसित हुने गरेका छन् । यहाँ नै व्यवस्थापन गर्न सकिएको छैन भन्ने कुरा पनि उठ्नेछ नि ?

सबै संस्थालाई एउटै डालोमा राखेर हेर्न हुँदैन । नबिल बैंकमा नभएको भए म यो कुरा गर्दैनथें पनि होला । अन्यमा भएको भए मैले तरलता व्यवस्थापनमै बढी केन्द्रित हुनुपथ्र्यो होला ।

यो बैंकमा ३३ वर्षसम्म हजारौं मानिसले मिहिनेत लगाएका छन् । हाम्रो लगानी कम्पनीले धेरै लगानी गरेर बैंकलाई यो स्तरमा पुर्याएको छ । हाम्रो अध्यक्ष, बोर्डले धेरै प्रयास गर्नु भएर हामी यहाँ आइपुगेका छौं ।

म बैंक थप बलियो भएको अवस्थामा फर्किएको छु । विदेशमा रहने हाम्रा शाखाहरुको नेतृत्व मैले नै लिनुपर्छ भन्ने छैन । यहाँ राम्रो जनशक्ति तयार भएको छ । र, मैले यहाँकै समस्याको चिन्ता लिएर बस्नुपर्ने अवस्था पनि छैन ।

पुँजी अभावको समस्या बैंकरहरुले मिलेर समाधान गर्नुपर्छ । कर्जा र निक्षेप वृद्धिको आधार हेरेर गर्नुपर्छ । अल्पकालीन पुँजीका आधारमा दीर्घकालीन लगानीमा यस्ता समस्या आउँछन् । हामीले महशुस गरिसकेका छौं ।

केही दबाब पुँजी वृद्धिअनुसारको व्यवसाय विस्तार हो । तर, यो दबाब कम गर्ने भनेकै अपेक्षाहरुको व्यवस्थापन हो । त्यो लगानीकर्ताको हुनसक्ला, नियामकको पनि हुन्छ । सबै काम बैंकले मात्रै गरेर सम्भव पनि हुँदैन ।

नेपाल सरकारको खर्च व्यवस्थापन हुनुपर्छ । अब स्थायी सरकार आएको छ । प्रान्त र स्थानीय तहमा पनि सरकार बनेका छन् । अब सरकारको खर्च व्यवस्थापन हुनेबित्तिकै बैंकहरुको समस्या समाधान होला । व्यवसायीहरुको पनि अपेक्षाको व्यवस्थापन हुनैपर्छ । सबै व्यवसायीको सबैखाले कर्जाको माग सम्बोधन गर्न गाह्रो छ । यसमा सरकार, बैंक र व्यवसायी बसेर पनि समाधान गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

माओवादी आन्दोलनको त्याग, तपस्या र बलिदानलाई स्वीकार नगरे एकतामा समस्या आउन सक्छ–प्रचण्ड

प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष । तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञ । माओवादी

मलाई जोक गर्न आउँदैन - हरिवंश आचार्य

माघ २६ ,काठमाण्डौ ।   शत्रुगते फिल्मको छायाङ्कन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न शहरहरुमा निस्किएका छन्। मंगलबार उनको

मुख्य मन्त्री पार्टीले बनाउने हो - शाही

२१ माघ, काठमाडाैं । पूर्वउर्जामन्त्री एवं माओवादीका युवा नेता महेन्द्रबहादुर शाही यतिबेला प्रदेश ६ को मुख्यमन्त्रीका रुपमा चर्चामा छन् । तथापि उनले