ताइवानमा शक्तिशाली भूकम्प ।

एजेन्सी ताइपेई, २५ माघ | ताइवानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । स्थानीय समयअनुसार मंगलबार राति ११ बजेर ५० मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।सो भूकम्पमा एक सय ४५ जना हराइरहेका छन् । भूकम्पको केन्द्र ताइवानको हुआलिन काउन्टी रहेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले जनाएको छ ।भूकम्पले ख्वालिएन सहरमा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । सो सहरका दर्जनौँ होटेल र आवासीय भवन ढलेका छन् । ढलेका भवनबाट दुई सयजनाको जीवितै उद्धार गरिएको छ । अधिकांश भवन ढल्किएका छन् भने राजमार्गका सडक चिरा परेका छन् । भूकम्पले सो सहरको एउटा ठूलो अस्पतालमा क्षति पुर्‍याएको छ ।भूकम्पले करोडौँ डलरबराबरको क्षति पुर्‍याएको छ । ठूला सरकारी संरचना र भवन भत्किएका छन् । भूकम्पपछि केही स्थानमा पहिरो गएको छ । पहिरोले पाइपलाइन फुट्दा करिब ५० हजार घरमा पानी आपूर्ति बन्द भएको छ ।भूकम्पपछि विद्युत्का पोल ढल्दा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । राजमार्ग तथा पुलहरू भत्किँदा उद्धारकार्यमा कठिनाइ भएको छ । भूकम्पले १० तले मार्सल होटेल भुइँमा ढलेको छ । सो होटेलबाट केही कर्मचारीको उद्धार गरिएको छ ।भूकम्पपछि ढलेका आवासीय भवन र संरचनामा फसेका मानिसहरूको उद्धारकार्य तीव्र पारिएको छ । उद्धारका लागि प्रहरी, सेना र सर्वसाधारण जुटेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ ।ढलेका भवनभित्र फसेका मानिसहरूले उद्धारका लागि चिच्याएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक प्रत्यक्षदर्शी जिना स्टारबकले भनिन्, ‘भवनभित्र मान्छेहरू फसेका छन् । आफूसँग भएको मोबाइलको बत्ती बालेर सहयोगको याचना गरेको सुन्न सकिन्छ ।’ आवासीय घरमा केही व्यक्ति पुरिएको र उनीहरूको जीवितै उद्धारको प्रयास गरिएको अधिकारीहरूले बताएका छन् । ख्वालिएन सहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो ।भूकम्पपछि निरन्तर परकम्प गएका छन् । बुधबार बिहान साढे १० बजे ६ दशमलव ५ म्याग्निच्युडको परकम्प गएको थियो । ताइवानमा अहिले विदेशी पर्यटकहरू जाने मौसम रहेकाले भूकम्पका कारण त्यहाँ भ्रमण गर्ने पर्यटकहरू पनि प्रभावित भएका छन् । भूकम्पका कारण पाँचजना विदेशी पर्यटक घाइते भएका छन् । निरन्तर भूकम्पपछि सर्वसाधारण नागरिक सडकमा जम्मा भएका छन् ।

प्रतिकृया दिनुहोस

हङकङमा बस दुर्घटना, १८ जनाको ज्यान गयो

  हङकङ ,माघ २८ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ

नयाँ कामदारका लागि नयाँ नियम लागु

माघ २६ ,युएई ।   संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि

माल्दिभ्सको सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाइदियो ।

एजेन्सी माले, २५ माघ | माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत साताको आफ्नै फैसला उल्टाइदिएको छ । राष्ट्रपति