सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी तोडफोड

कन्चनपुर,पुष ४ । 


चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा राखेको भन्दै पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेविसंघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयमा आगजनी गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन् । केही दिन देखी आन्दोलित  बिधार्थी संगठनहरुले  बुधबार पनि विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएका छन् ।क्याम्पसमा आयोजित कोणसभालाई सम्बोधन गर्दै  बिधार्थी संगठनका नेताहरुले अवैधानिक नियुक्ती खारेजीको गर्नु पर्ने धारण राखेका छन् ।

 

विद्यार्थी संगठन एवं नेताहरुले सुप विश्वविद्यालय सुधार नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । विद्यार्थीको आन्दोलनका कारण बिगत  चार दिनदेखि सुदुरपश्चिम विश्वविद्यालयको पठन पाठन नियमित हुन सकेको छैन् । बिहानैदेखि आन्दोलन, विश्वविद्यालयमा तोडफोड, आगजनी, प्रर्दशन, भाषणबाजी विरोधका कारण नियमित पढाई नभएको विद्यार्थी बताउँछन् । तर, सुदूरपश्चिम विश्वविद्यालयले भने कुनैपनि कर्मचारी, शिक्षकलाई अवैधानिक ढङ्गबाट नियुक्ती नगरिएको जनाएको छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले प्रकृयागत ढङगबाट करार र दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको बताउनु भयो । 

प्रतिकृया दिनुहोस

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ ।  सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा

सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै

कञ्चनपुर , पुस ११ । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै गैरहेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र विश्वविद्यालयमा मनोमानी ढंगले