डिपिएल प्रतियोगितामा जगदम्बा सह -आयोजक हुने

फागुन १५ , काठमाडौं । 
सर्बाधिक धनराशीको  धनगढी प्रिमियर लिग (डिपिएल)  प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बार सह आयोजक हुने भएको छ । जगदम्बाले सह आयोजक भए बाफत रु  १० लाख दिने भएको छ।धनगढी क्रिकेट एकेडेमीद्वारा मंगलबार आयोजित कार्यक्रममा डि पि एलका  अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।  
अब डि पि एल प्रतियोगिताका  सम्पूर्ण प्रवर्दनात्मक  क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ। आगामी चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ। करिब  ३ करोड खर्च लाग्ने उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ३ लाख र चौथो हुनेले २ लाख पाउनेछन्। प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन्।
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी १ जना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने १ जनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ।   (रासस)

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन