रवि नेपाल आईडल बने पछि सुदुरपश्चिम प्रदेश भर खुशियाली

अत्तरिया , पुस ०७ ।
सुदूरपश्चिमका प्रदेशको कञ्चनपुर घर भएका रवि ओड नेपालको दोस्रो नेपाल आइडल बनेका छन् । ललितपुरको पुल्चोकमा भएको शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा आफुसंगका  टप चार प्रतिस्पधीहरुलाई पछि पार्दै रवि विजेता बनेका हुन् । रविसँगै पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए । मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्याग लाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणमा धनगढी अडिसनवाट गएका रविले सुरुदेखी नै धेरै दर्शकहको माया पाएका थिए । रवि सुदुरपश्चिमका एक्ला प्रतिस्पर्धी थिए । उनले जजहरुको मुल्याडकन र दर्शकहरुको भोटको आधारमा नेपाल आइडलको दोस्रो संस्करणको अपाधी जित्न सफल भएका हुन् । विजेता बनेसंगै रविले २० लाख रुपैयाँ , एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् । साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन् । 

 

रविसंगै प्रतिस्पर्धामा रहेका गोल्डेन माइक विजेता विक्रम बराल फस्र्ट रनर्स अप भए । बिक्रमले बीस लाख नगद रुपैयाँ प्राप्त गरे । त्यस्तै झापाका सुमित पाठक सबैका प्यारा थिए । कतै सुमित त बन्दैनन् नेपालको दास्रो आइडल भन्ने सबैलेमा लागेको थियो । यद्धपी सुमितले सेकेन्ड रनर्स अपमा चित्त बुझाउनु पञ्यो । सेकेन्ड रनर्स अप हुदै उनले १२ लाख नगद रुपैयाँ नगद पुरस्कार पाए । यसैगरि झापाकै एकमात्र अस्मिता अधिकारी महिला फाइनलिस्ट थिइन् । उनि थर्ड रनर्स अप बनिन् ।  उनलाई होन्डाको स्कुटर दिइयो । सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडलाई जिताउनका लागि यो हप्ता सुदूरपश्चिमका मात्रै नभएर देशै भरिका थुप्रै संगीतप्रेमी लागिपरेका थिए ।

 

आखिर को हुन रवि ?

सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरिया घर भएका रवि बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट जन्मिएका थिए । रवि २०५४ साल चैत महिनामा तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् ।  भारतमा ‘वाचम्यान’ रहेका उनका बाजे र बुवा अछामबाट बसाइ सरेर कञ्चनपुर गएका थिए । उनको पुख्र्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालिकामा पर्छ । रविका बुबा अहिले पनि भारतमा ‘वाचम्यान’को काम गरिरहेका छन् ।

 

म्यादी प्रहरी देखी नेपाल आइडल सम्म रविको यात्रा

गत वर्ष भएको स्थानीय , प्रदेश र केन्द्रको निर्वाचनमा रवि म्यादी प्रहरी समेत बनेका थिए । र्आिथक रुपमा पारिवारिक अवस्था केही कमजोर भएपछि गत निर्वाचनमा पढाइ र घर खर्चका लागि उनी म्यादी प्रहरी बनेका थिए । अहिले रविको म्यादी प्रहरीमा भर्ना हुदाँको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी भारतमा मजदुरीका लागि समेत गएका थिए ।

 

८ वर्षको हुँदा रविले जन्म दिने आमालाई गुमाए

८ वर्षको हुँदा रविले आफ्नी जन्म दिने आमालाई गुमाएका थिए । आमाको मृत्यु भएपछि रविका बुबाले अर्को बिवाह गरे ।  रविको प्रतिभा भने उनकी आमाले त्यस अघिनै चिनिसकेकी थिइन् । तर उनी सुरुदेखिनै बिरामी भएकाले उनको प्रतिभालाई कसरी सफल बनाउने र देशविदेशमा परिचित गराउने भन्नेमा चिन्तित थिइन् । रविकी ठूलीआमा शोभादेवी विकले बहिनीको छोराको कला देखेर उत्साहित भएकि थिइन् । तर आफ्नो शारीरिक अवस्था देखेर छोराप्रति चिन्तित बन्ने गथिन् । उनले रविलाई नेपालमै चलेको गायक बनाउने सपना बोकेकी थिइन् । उनको मृत्युपश्चात भने त्यो सपना अधुरै हुन्छ जस्तो लागेको थियो तर छोरो आज संगीतकै प्रतिस्पर्धामा यति सफलता हात पार्न सफल भए पछि भने बहिनीको सपना पुरा भएको जस्तो लागिरहेको छ शोभादेवी विकले भनिन् ।

 

फिनाले हेर्न पहिलोपटक रविकी आमा काठमाडौँमा

रवि नेपाल आइडलको फिनालेमा पुगेपछि उनकि आमा फिनाले हेर्न पहिलोपटक काठमाडौँ पुगेकि थिइन् । निकै ठुलो कार्यक्रम छोराले स्टेजमा उभिएर गित गाइरहदा र हजारौ दर्शक श्रोताहरुले रवि ओड रवि ओड भनेर हुटिंग गरिरहको देख्दा आमाको खुसीको कुनै सिमानै थिएन । आमा संगै रविको काकी पनि काठमाडौँ जानुभएको थियो । पछि संचारकर्मी संगको कुराकानी गर्दै रविकि आमाले आफु संग खुसिको सिमा नै नरहेको बताउनुभयो । साथै उँहाले खुसि दिलाउनु हुने सबैलाई धन्याबाद समेत दिनुभयो ।

 

भाररतमा रहेका रविका बुवालाई सम्मानको साथमा बधाइ

कामको सिलसिलामा छिमेकी मुलुक भारतमा रहेका रविका बुवालाई भने छोराले नेपाल आइडलको उपाधि जितेपछि त्यहाँ रहेका नेपालीहरुले सम्मानको साथमा बधाई दिएका छन् । भारतको सुरातमा रहेका बुवालाई त्यहाँ रहेका नेपाली हरुले फूलमाला र अबिर लगाउदै सम्मान गरेका छन् । सडक मिडिया संग कुरा गर्दै बुवाले पनि यो खुसि दिलाउनुहुने सबै आमा बुवा दाजुभाई दिदि बहिनि तथा सम्पूर्ण नेपालिहरुलाई धन्यवाद ब्यक्त गरेका छन् । १ महिना पछी छोरालाई भेट्न नेपाल आउने योजना रहेको समेत उनले बताए । छोराको सफलताले आफुलाई निकै खुसीका साथै निकै गर्व लागेको समेत उनले बताए । सानै देखी उसको गाउनमा निकै रुची थियो मैले पनि गाउनमा प्रोत्साहन दिइराखेको थिए तर आज देश बिदेशमा रहेका नेपालीहरुको उसको यतिठुलो हौसला दिनुभएकोमा आफु निकै खुसि रहेको उहाले बताउनुभयो ।

 

रवि आईडल बनेपछि सुदुरपश्चिम प्रदेश भर खुशियाली

रवि नेपाल आइडल सिजन २ विजेता बनेपछि यति बेला सुदुरपश्चिम प्रदेश रविमय बनेको छ । सुदुरपश्चि प्रदेशका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा रविका समर्थकहरुले गएरातिदेखी नै दीपावलि मनाउन सुरु गरेका छन् ।  रवि नेपाल आइडल सिजन २ विजेता बनेपछि उनका समर्थकहरुले गएराति  धनगढीको पार्कमोडमा जम्मा भएर खुसियाली मनाएका हुन् । सुदरपश्चिकको कञ्चनपुर घर भएका उनको गाँउघर यतिबेला रड्गीचड्गी भएको छ । गाउभरिका रहेका रविका समर्थनमा जित कस्को रविको’, ’नेपालको दास्रो आइडल रवि ओड’, ’नेपालको शान रवि ओड’ भन्ने जस्ता नाराहरु लगाइरहेका छन् । रविको जितमा उत्साहित बनेका समर्थकहरु आज अत्तरिया , धनगढी ,महेन्द्रनगरमा वृहत विजय याली निकाल्ने तयारी गरिरहेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने