कैलालीको धनगढीमा 'सुदुरपश्चिम महोत्सब' बिबाद

धनगढी,पुस ८। 
कैलालीको धनगढीमा हुने भनिएको  ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को तयारी भएपछि विवाद बढेको छ। २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको थियो । तर यस बर्ष सदस्यता विवादले नयाँ नेतृत्व चयन गर्न ढिलाई भएपछि संघले महोत्सव गर्न सकेको छैन्।यदपी संघको चुनाव पछि महोत्सब गर्ने कुरामा ब्यबसायीहरुको  एकमत रहेको छ । संघले महोत्सब गर्न ढिलाई गरेपछि ब्यबसायीहरुको अर्को संस्था नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश समितीले  धनगढीमै ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ आयोजना गर्ने भनेपछि विवाद बढेको हो । उता  कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल र नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष मोहन शर्माले ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना भए व्यवसायिक एकता भंग हुने भन्दै विज्ञप्ती मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। बिबाद बढेपछि  कैलाली उद्योग वाणिज्य संघले आज साढे ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। 

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु