नेपाल आईडल रबि ओड केही घण्टाको लागी धनगढीमा, गृह प्रदेशमा भब्य स्वागत (भिडियो)

अत्तरिया,पुस ९ । 
नेपाल आईडल रबि ओड केही घण्टाको लागी आफ्नो गृह प्रदेश आएका छन् । उँहा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निम्तो पाएपछि धनगढी आउनु भएको हो । ओडलाई धनगढीमा मुख्यमन्त्री भट्टले भब्य स्वागत गर्नु भएको छ । यस अघी ओडलाई धनगढी बिमानस्थलमा पनि स्थानियले स्वागत गरेका छन् । रबिले एअरपोर्टमा पत्रकारहरु सँग कुराकानी गर्दै यो जित सबैको भएको बताउनु भयो । 'सबैले साथ दिनु भयो मेरो लागी राम्रो अनुभब भयो,' उँहाले भन्नु भयो -'सुदुरपश्चिमले मात्रै होइन देशभरले सपोर्ट गर्यो।' ओड आज नै केही कार्यक्रममा सहभागी भएर  काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।       
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने