साईनिङ्ग मुन चिल्ड्रेन ईङलिस बोर्डिङ्ग स्कुलले मनायो ८औ बार्षिकोत्सव

स्कुलको ८औ बार्षिकोत्सव कार्यक्रमको उद्धघाटनका क्रममा

धुर्ब ओझा,कञ्चनपुर फागुन १६ ।
कञ्चनपुरको कृष्णपुर नगरपालीका ६ बसन्तपुर स्थिीत साईनिङ्ग मुन चिल्ड्रेन ईङलिस बोर्डिङ्ग स्कुलले ८औ बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार बिभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष पाहाडी रानाको अध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथी कृष्णपुर नगरपालीकाका प्रमुख कर्ण बहादुर हमाल रहनुभएको थियो भने बिशिष्ट अतिथीमा नगरपालीकाकी उपप्रमुख रमिता राना बडायक र एन प्याबसनका जिल्ला अध्यक्ष दिपक राज भट्ट रहनुभएको थियो । त्यस्तै अतिथीहरुमा वडा नम्बर ५का वडा अध्यक्ष आशाराम चौधरी, ६ का वडा अध्यक्ष नाथुराम चौधरी र ९ का वडा अध्यक्ष छत्र बहादुर महरा , समाज सेबी,बुद्धिजिबी,अभिभावक,कलाकार लगायत रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान प्रदेश नम्बर सातका संयोजक सुरत रावत डोटेली कान्छा,लोकदोहोरी तथा देउडा गायक सुरेन्द्र संगम, लोकदोहोरी तथा देउडा गायक रमेश परियार, लोकगायक केशव भट्ट,लोकदेउडा गायक भोजराज फुलारा लगायतको उपस्थिीती रहेको थियो । बिभिन्न सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा लोकदेउडा गायकका प्रस्तुतीहरु, नाटक, बिभिन्न बिद्यामा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार बितरण का साथै बिद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने १० जना सहयोगीहरुलाई बिशेष सम्मान कार्यक्रम रहेको थियो । कक्षा ९ का छात्र ललित भट्टको स्वागत मन्तब्य संगै शुरुभएको कार्यक्रमको संचालन बिद्यालयका प्रिन्सिपल भरत राज पन्त तथा संस्थापक चन्द्रकान्त भण्डारीले गर्नुभएको थियो । २०६६ सालमा स्थापना भएको बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको बिद्यालयका संस्थापक प्रमुख चन्द्र भण्डारीले बताउनुभयो । आगामी दिनमा उक्त बिद्यालयमा अपांग भएका अभिभावकका बालबालीकाहरुलाई निःशुल्क शिक्षा प्रदान गरिने र आर्थिक अबस्था कमजोर भएका बालबालीकाहरुलाई ५० प्रतिशत शुल्क छुट गरिने भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

अत्तरियामा रहेको जे.के स्कुल आफ्नै सुबिधा सम्पन्न भवनमा

अत्तरिया , मंसिर २९ ।  कैलालीको अत्तरियामा रहेको जे.के माध्यामिक बिधालय आजवाट आफ्नै सुबिधा सम्पन्न भवनमा सरेको छ । बिधालयको नवनिर्मित भवनको

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त

यस बर्ष एसइई १० चैतबाट शुरु हुँदै -सामाजिक मन्त्रालयले उत्तरपुस्तिका छपाउँदै

काठमाण्डौ, मंसिर १३ ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने