'नेपालगञ्ज देखि गौरीफन्टासम्म आफै पुगेर विकास तथा व्यपार सहजीकरणको काम अनुगमन गर्ने छु' -मुख्यमन्त्री योगी

लखनउ,पुस १० ।   
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाइ कम गर्न आफ्नो सरकारले काम थालेको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग हिजो  साँझ मुख्यमन्त्री कार्यालय लखनउमा भेट गर्दै उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको योगीले  बताउनु भयो ।

 

मुख्यमन्त्री योगीले भैरहवा, नेपालगञ्ज देखि पश्चिम गौरीफन्टासम्म  आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यपार सहजीकरणको काम अनुगमन गर्ने बताउनु भएको भ्रमण टोलीमा सहभागी कैलाली उधोग बाणिज्य संघका अध्यक्ष शंकर बोगटीले जानकारी दिनु भयो ।  भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने उँहाको  भनाइ थियो । मुख्यमन्त्री योगीले  गौरीफण्टा र अलिगढवा सीमा नाकाको स्तरोन्नतीमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने  बताउनु भयो  ।

 

नेपाल र भारतवीचको व्यावसायिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन प्रतिनिधिमण्डलको आदानप्रदानलाई अझ घनीभूतरुपमा अगाडि बढाउनु आवश्यक रहेको उँहाको भनाई थियो।  महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो ।

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु