नेपाल आईडल रबि ओड सँग सेल्फी खिच्नेको भिडले पछ्याएपछि महेन्द्रनगरमा सुरक्षाकर्मीलाई हम्मे हम्मे

महेन्द्रनगर, पुष १० । 
नेपाल आइडल रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गरी ओडलाई अभिनन्दन गरेको छ ।भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरे । हजारौ नगरवासी सहभागी कार्यक्रममा नगर प्रमुख विष्टले रविको विजय सबै नगरवासीको विजय भएको उल्लेख गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको बताए ।

 

‘यो जित हामी सबैको सबैको हो, रविको तिजले हामी सबै अत्यन्त खुसी छौ, यस अवसरमा वहाँलाई बधाई दिन चाहन्छौ, भविष्यका लागि शुभ कामना दिन चाहन्छौ’ नगर प्रमुख विष्टले भने,‘यस अवसरमा भीमदत्त नगरवासीका तर्फबाट वहाँलाई अभिनन्दन र सम्मान गर्न चाहन्छौ ।’कार्यक्रममा नगर प्रमुख विष्टले ओडलाई नगरपालिकाबाट ५१ हजार सहयोग प्रदान गरिने घोषणा गरे ।

 

अभिनन्दपछि नेपाल आइडल ओडले आफ्नो जित सबै शुभ चिन्तकहरुको जित भएको बताए ।‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो,’ उनले भने,‘तपाईहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाईहरुको हो ।’नेपाल आइडल बनाउन आफूलाई सहयोग गर्ने सबै शुभ चिन्तकहरुलाई उनले धन्यवाद दिदैं आभार व्यक्त गरे । कार्यक्रममा उनले केही गीतहरु समेत गाए ।रविलाई गाजाबाजा सहित कार्यक्रम स्थलमा पुगाइएको हो ।

 

मदनचोकदेखि कार्यक्रम स्मारकसम्म छलिया नाच प्रस्तुत गरिएको छ । कार्यक्रम स्थलमा रविसित सेल्फी खिच्न दर्शकहरको भिड लागेको थियो । मञ्च नजिक पुगेका उनीहरुलाई पछाडि हटाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।रविलाई आज नै अत्तरिया त्यस्तै उनको  गृह नगर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका लगायतका विभिन्न स्थानमा सम्मान गरिएको छ । कृष्णपुर नगरपालिका ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने