सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै

कञ्चनपुर , पुस ११ ।

सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै गैरहेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र विश्वविद्यालयमा मनोमानी ढंगले कर्मचारी भर्ना गराएको भन्दै दैनिकी जसो भैरहेको आन्दोलनका कारण विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । विश्व विद्यालयमा पठन पाठन भन्दा पनि बिबाद र बिरोध बढि भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख डा. भुपेन्द्र विष्ट र प्राध्यापक संगठनका केही कर्मचारीले भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको आरोपमा लगाउदै एक साता देखी निरन्तर चार विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् । विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्राध्यापकले पनि समर्थन जनाएका छन् ।

 

शिक्षक र विद्यार्थी दुबै आन्दोलनमा उत्रिएपछि पठन पाठन प्रभावित भएको छ । आफ्नो मनोमानी तरिकाले राखिएका कर्मचारीहरुलाई तत्काल खारेज गर्नुपर्ने बिधार्थी संगठनहरुको माग छ । विश्वविद्यालयका पदाधिकारीले राजनीतिक भागबण्डाका आधारमा कर्मचारी भर्ना गर्ने प्रचलनले विद्यालय भर्ती केन्द्र बनेको विश्व विद्यालयका सहप्रध्यापक देबसिंह नाथले आरोप लगाए । २० जना कर्मचारी दैनिक ज्यालादारीमा र ८ आंशिक प्राध्यापक नियुक्त गरेको बिरोधमा आन्दोलन गर्नुपरेको शिक्षा संकायका पूर्व विभागीय प्रमुख शिलनिधि चन्दले बताए । प्राध्यापक चन्दले विश्वविद्यालयमा चरम लापरबाही भइरहेको गुनासो गर्नुभयो ।

 

बिश्व विद्यालय राजनीति गर्ने थलो र कर्मचारीको भर्ती केन्द्र बन्दा विद्यार्थी भने मारमा परेका छन् । उँहाले भन्नुभयो ‘केही विश्वविद्यालयका पदाधिकारीहरू आफ्ना केही कार्यकर्ता भर्ती गर्नको लागि विधानले दिएको अधिकार भन्दै भागबण्डाका आधारमा कर्मचारी नियुक्त गर्दा बिग्रिएको यस्तो अबस्था आएको हो । उँहाले निहीत स्वार्थका कारण विश्वविद्यालय राजनीतिक अखडा भएको बताउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ ।  सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी तोडफोड

कन्चनपुर,पुष ४ ।  चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई