सरकारले अध्यादेश ल्याएर कर्मचारीलाई आतंकित गर्न खोज्यो - पूर्वप्रधानमन्त्री देउबा

काठमाण्डौ,पुस ११ । 
पूर्व प्रधानमन्त्री  तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले अध्यादेश ल्याएर कर्मचारीलाई आतंकित पारेको आरोप लगाउनु भएको छ । संसद्‌को हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा बुधबार बोल्दै देउवाले यस्तो आरोप लगाउनु भएको हो ।

 

उँहाले भन्नु भयो - ‘सरकारले गरेका निर्णय कर्मचारीले लागू गर्ने हो, तर्साएर काम हुँदैन।’'प्रचण्डले भने जस्तो ड्याम्मै निर्णय गरेर लागू हुँदैन,' उँहाले अगाडी थप्नु भयो - 'देउवाले कर्मचारीले किन काम गर्दैनन् बुझ्न पर्‍यो।'

 

यस अघी संसदलाई सम्बोधन गर्दै नेकपा का अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्यामड्याम निर्णय गरेर जाने र  त्यो तरिकाले जान पाएको भए अलिकति छिटो विकास हुन्थ्यो भनेर आफ्नो भनाई राख्नु भएको थियो । देउबाले एसिया प्यासिफिक समिटमा सरकार धर्म प्रचारक संस्थाको आयोजक बनेको भन्दै  आपत्ति जनाउनु भयो  ।

 

निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै देउबाले  सरकारको चर्को  आलोचना समेत गर्नु भयो । 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके