फारवेष्ट पशुपति कप २०७५ - उपाधिका लागि आयोजक फारवेष्ट र पिएफए अत्तरीया भिड्ने

धनगढी , पुस १४ ।

सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लब र नाज ओभरसिज पिएफए अत्तरीया भिड्ने भएका छन् । शुक्रवार धनगढी रंगशालामा भएका सेमिफाईनलमा जित हात पार्दै दुबै टोलीले प्रतियोगितामा लगातार दोस्रो पटक फाईनलमा भेटेका हुन् । अघिल्लो बर्षको तेस्रो संस्करढामा पनि दुवै टोलीले फाईनलमा भिडेका थिए । जसमा आयोजक फारवेष्ट च्याम्पीयन वनेको थियो । नाज ओभरसिज पिएफए अत्तरीयाले भने उप विजेतामा चित्त बुझाएको थियो । दुबै टोली बीच शनिवार दिउँसो धनगढी रंगशालामा उपाधि भिडन्त हुनेछ ।

 

आयोजक फारवेष्ट लगातार दोस्रो बर्ष च्याम्पीयन हुने दाउमा रहेको छ भने पिएफए अत्तरीया अघिल्लो बर्ष फाईनलमा व्यहोरेको हारको वदला लिने दाउमा रहेको छ । मंसीर २९ गतेदेखि सुरु भएको प्रतियोगिताको शुक्रवार भएको पहिलो सेमिफाईनलमा नाज ओभरसिज पिएफए अत्तरीयाले बलियो प्रतिद्धन्द्धी सुदुरपश्चिम–११ स्पोर्टस क्लबमाथि २–१ को जित निकाल्यो । अत्तरीयालाई जिताउने क्रममा आशिष श्रेष्ठ नायक बने । उनले दुवै गोल गर्दै आफ्नो टोलीलाई उपाधि नजिक पुराए । पहिलो हाफमा गोल रहति बराबरी भएकोमा दोस्रो हाफको २७ औं मिनेटमा आशिषले गोल गरे । त्यसको आठ मिनेटपछि सुदुरपश्चिम ११ ले पनि गोल गर्दै खेल बराबरीमा ल्यायो ।

 

सुदुरपश्चिम ११ का लागि चेत चौधरीले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ३५ औं मिनेटमा पिएफएका लागि आशिषले नै व्यक्तीगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई फाईनल पुराए । उनी नै खेलको म्यान अफ द म्याच भए । शुक्रवार नै भएको दोस्रो सेमिफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिताको बलियो दावेदार मानिएको सहारा युवा क्लब पहलमानपुरलाई १–० ले हरायो । खेलको एक मात्रै निर्णायक गोल फारवेष्ट पशुपतिका लागि पहिलो हाफको ५ औं मिनेटमा कमल देउवाले गरे । उनी खेलको म्यान अफ द म्याच भए । शनिवार सकिने प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद १५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले नगद १० हजार पुरस्कार पाउने छन् ।

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय