सड्काउन्या र पड्काउन्या छोडेर, अब देखि दारु चुरोट छुन्न बिध्यानास भन्दै आए चर्चित लोकपप गायक चक्र बम (भिडियो सहित)

अत्तरिया , पुस १४ ।

पछिल्लो समयमा बच्चा देखी बुढा सम्म सबैको मन र मस्तिष्कमा बस्न सफल चर्चित लोकपप गायक चक्र बमकोे नयाँ गित सार्वजनिक भएको छ । यसपटक सड्काउन्या र पड्काउन्या छोडेर , एक सन्देश मुलक , अब देखि दारु चुरोट छुन्न ‘बिध्यानास ’ बोलको गित शुक्रवार मात्रै चक्र बम युवटुब च्यानलवाट सार्वजनिक भएको हो ।

 

उक्त गितमा चक्र बमको आफ्नै शब्द , लय र स्वर रहेको छ । साथै सो गितमा नेपाल आइडल सिजन २ वाट एका एक चर्चामा आएकी करिष्मा बिष्टको र्याफ पनि रहेको छ । गितको भिडियोमा चक्र वम आफै , अकित, करिश्मा ढकाल र करिश्मा बिष्टको दमदार अभिनय रहेको छ । पछिल्लो समयमा निकै ब्यस्त निर्देशक बिक्रम चौहानले निर्दैशन गरेक सो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् । यो भन्दा अगाढी बजारमा आएका थुप्रै गितहरुलाई दर्शकले एक दमै मन पराएको र यो गितलाई पनि सबैले मन पराउने आशा राखेको गायक चक्र बमले गोदावरी न्युजलाई जानकारी दिनुभयो ।

चुरोट , गाजा , जाडरक्सी र जुवातास जस्ता बिकृति र बिसङ्गतीले समाजमा रहेका बालबालिका , युबाहरुमा परेको नराम्रो असर परेको बताउदै उँहाले केही समय पहिला आफुले बजारमा ल्याएका आफ्नै सृजनाले निराश भएका सामाजिक ब्यक्तित्व , बुद्धिजिवि , शुभचिन्तक र आफ्ना आफन्तहरुलाई खुसी बनाउनको लागि यो गित ल्याएको जानकारी दिनुभयो । साथै उँहाले यो गितको माध्यामबाट समाजमा सकारात्मक सन्देश फैलिने समेत बताउनुभयो ।


हेर्नुस पुरा भिडियो

प्रतिकृया दिनुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य

विन्दास म्यूजिक आवार्ड हुने

धनगढी,पुस २२ ।  गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक आवार्ड हुने भएको छ । अगामी चैत्र १ र २ गते धनगढीमा 'नेपाल आईस विन्दास म्यूजिक आवार्ड २०७६' हुने