फारवेष्ट पशुपति कपको चौथो संस्करणको उपाधी अत्तरियाको पिएफए क्लवले जित्यो

धनगढी,पुस १४ । 
सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको उपाधि आत्तरियाको पिएफए क्लवले जितेको छ । धनगढी रंगशालामा शनिबार सम्पन्न  फाइनल खेलमा  आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई टाईब्रेकरमा हराउँदै  पिएफएले जित हात पारेको हो । अत्तरीयाले फारवेष्ट पशुपतिलाई टाईब्रेकरमा ५–३ ले पराजित गरेको हो । पिएफएलाई उपाधि जिताउने क्रममा मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, वादल पाख्रीन र आशिष क्षेत्रले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे।

 

 प्रतियोगिताका उत्कृष्ट खेलाडी फारवेष्ट पशुपतिका भिष्म भाट भए। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक फारवेष्टका प्रितम खड्का, उत्कृष्ट रक्षक फारवेष्टकै कृष्ण कठायत, उदयमान खेलाडी पिएफए अत्तरीयाका अशोक चौधरी र सर्वाधिक गोलकर्ता पिएफए अत्तरीयाकै आशिष श्रेष्ठ भए। सवै विधाका उत्कृष्ट खेलाडीहरुले १०/१० हजार पाएका छन् । प्रतियोगिताको विजेता पिएफए अत्तरीयाले नगद चार लाख र ट्रफी पाएको छ । यस्तै उपविजेता आयोजक पशुपति युवा क्लबले नगद दुई लाखमा चित्त बुझाउनु पर्‍यो ।   ।

 

विजेता टोलिलाई सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरुस्कार प्रदान गर्नु भएको थियो । पुस ८ गतेदेखि सुरु भएको  प्रतियोगितामा  देशका विभिन्न  १६ टीमको सहभागीता रहेको थियो। 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय