निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५ 
निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा करिब २२०० भन्दा बढी विभिन्न समस्या भएका बिरामीले विशेषज्ञ सेवा लिएका छन् । शिविरमा नवजात शिशु तथा बालरोग सेवा डा. प्रदिप मिश्र , दिपक पौडेल , स्त्री तथा प्रसुती रोग सेवा डा. नजमुस्सबा अन्सारी, फिजिसियन (मुटु,पेट,छाती) रोग सेवा डा. विजय के सी, हाडजोर्नी तथा नसारोग सेवा डा. मधुसुधन घले गुरुङ, जनरल सर्जरी रोग सेवा डा. मेराज आलम अन्सारी तथा रेडियोलोजी(भिडियो एक्सरे) सेवा डा. अनुज श्रेष्ठ लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनु भएको थियो ।  


मुटु सम्बन्धि बिरामीहरुका लागि नि:शुल्क ई.सि.जि. अन्य समस्या भएकाहरुका लागि नि:शुल्क भिडियो एक्सरे लगायत निशुल्क औषधि वितरण समेत गरिएको निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिनु भयो ।सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सुदुरपश्चिमेलिहरुको स्थानीय विशेष चाड पुसे १५को  पुर्व सन्ध्यामा आयोजित शिविरमा फिजिसियन(मुटु,पेट,छाती),  हाडजोर्नी तथा नसा,  स्त्री तथा प्रसुती रोग संग संबंधित बिरामीहरुको चाप बढी भएको आयोजक बागेश्वरी कृषि सहकारी संस्था लि. का अध्यक्ष खुशीराम बडायकले जानकारी दिनु भयो ।

 

गाउँमा आएर  विशेषज्ञ चिकित्सकिय  सेवा दिई ई.सि.जि. र भिडियो एक्सरे निशुल्क गराई औसधि समेत निशुल्क बितरण गरिएकोमा स्थानीय सपना चौधरीले खुशी ब्यक्त गर्नु भयो । निसर्ग हस्पिटलले आर्थिक अभावमा रहेका  जनताका लागि पुष १५ , ल्होसार तथा माघी पर्वको अवसर पारी यहि पुस १५ गते देखि माघ २९ गतेसम्म विभिन्न विशेषज्ञ सेवाहरु नि:शुल्क गरेको हस्पिटलका संचालक कुबेर बहादुर शाहीले बताउनु भयो  ।                        

प्रतिकृया दिनुहोस

प्रचण्ड परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौ , माघ ८ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु

३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ ।   जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५,

पहिलो यौन सम्पर्कमा युवतीले चाहने दश कुरा

काठमाडौं, पुष ४ ।   एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु