३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ । 
 जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५, हसनपुरका बुवा जीवन चौधरी तथा आमा कविता चौधरीका ३ महिने छोरा कपिल चौधरीको  दुर्लभ एवं जटिल अप्रेसन सफल भएको छ ।धनगढीको निसर्ग हस्पिटलमा उनको अप्रेसन सम्भब भएको हो । जन्म देखिनै हर्नियाको समस्या बाट पिडित उनको आन्द्रा हर्निया संग अल्झिएर झन समस्या बढेको थियो । त्यसैमा आन्द्रा अड्किने र एपेन्डिक्स समेत भैइ सुन्निएर फुट्न खोज्नु आफैमा बिरलै भेटिने अवस्था हो ।

 

 वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मेराज आलम अन्सारी र वरिष्ठ एनेस्थेसिया तथा क्रीटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा ले उनको अप्रेसन गरेका थिए । यस्तै  दायाँ पट्टीको कमर र तिघ्राको बिचको भागमा जन्मजात हर्नियाले गर्दा आन्द्रा अड्किई सुन्निएको र फुट्न लागेको एपेन्डिक्स आन्द्रा (Right Strangulated Indirect Inguinal Hernia with Inflammed Appendix) हुने दुर्लभ एवं जटिल समस्या हर्निया भएका बिरामीहरु मध्येमा पनि ०.०८ प्रतिशत बिरामिहरुमा मात्र देखिने समस्या हो । अब यस्ता बिरामीको उपचार निसर्ग हस्पिटलमा सम्भब भएकोले  ईन्डिया, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यतालाई केही हदसम्म भएपनी रोक्न सकिने  हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए  ।

प्रतिकृया दिनुहोस

प्रचण्ड परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौ , माघ ८ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु

निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा

पहिलो यौन सम्पर्कमा युवतीले चाहने दश कुरा

काठमाडौं, पुष ४ ।   एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु