नेपालको पर्यटन प्रबर्द्धनको लागि सन् २०१८ महत्वपूर्ण साबित

काठमाण्डौ ,पुस १६। 

आज (मंगलबार) इस्बी सम्बत सन २०१८ को अन्तिम दिन अर्थात  बिदाई गर्ने दिन हो ।  नेपालको पर्यटन प्रबर्द्धनको  लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् ।

 

जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए ।बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ ।

 

सरकारले नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ ।यसै बिच सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तराष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ ।होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ ।

 

सन् २०२० सम्म करीब छ हजार बेड सङ्ख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ ।
 

प्रतिकृया दिनुहोस

अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

अत्तरिया,माघ ७ ।  अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । पुष २७ गतेबाट शुरु भएको महोत्सब आज सम्पन्न भएको हो । महोत्सबको

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

डोटी , माघ ०४ । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

अत्तरिया महोत्सवमा हरेक दिन जेष्ठ नागरिकलाई सम्मान

अत्तरिया,माघ ३ ।  कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सवको आज सातौ दिन पनि दर्शकहरुको उल्लेखिय उपस्थिति रह्यो । लामितालको किनारमा