देशमा दुई तिहाईको सरकार हुँदा झनै हत्या हिँसा,बलात्कार र भ्रष्टाचार मौलायो - काँग्रेस नेता दिर्घराज भाट

अत्तरिया , पुस १६ ।

नेपाली काँग्रेसका नेता एमब् पुर्ब बन तथा भु संरक्षण राज्यमन्त्री दिर्घराज भाटले देशमा दुई तिहाईको सरकार हुँदा दिनप्रतिदिन बलात्कार ,भ्रष्टाचार मौलाउदै गएको आरोप लगाउनु भएको छ । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ ले मंगलबार  अत्तरियामा आयोजना गरेको  कार्यक्रममा बोल्दै उँहाले यस्तो आरोप लगाउनु भएको  हो ।

 

सरकार दुई तिहाइको हुँदा पनि  देश र जनताले शुख शान्ती  पाउनुपर्ने बेला झनै देशमा तानाशाह निम्त्याएकाले सम्पुर्ण लोकतन्त्रवादीहरु एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । देशमा मौलाउदै गएको भष्टचार , हत्या ,हिंसा , बलत्कार जस्ता घटनाहरुलाई न्युनिकरण र देशमा शान्ति , सुरक्षा ल्याउनका लागि केन्द्र देखि गाउँसम्म प्रतिपक्षको भुमिकामा शसक्त रहनु पर्ने उँहाको भनाई रहेको छ । कम्युनिस्टहरु नसच्चिने हो भने हो भने नेपाली काङ्ग्रेसले राणा , पञ्चायत , राजाको अन्त्य गरे जस्तै कम्युनिस्टको पनि अन्त्य गर्न पछि नपर्ने उँहाले बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले पार्टिभित्र गुटबन्दी  मुख्य समस्या रहेकाले सबैभन्दा पहिला कांग्रेसका  सम्पुर्ण नेता कार्यकतार्ले एक जुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

 

बिगतमा भएका गल्ति तथा कमि कमजोरीहरुलाई नकोट्याई नयाँ योजनाका साथ सबैले एक जुट भएर लाग्नु पर्ने उँहाले  बताउनुभयो ।  नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न. ४ का सभापति दिनेशराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेस कैलालीका पुर्ब पार्टी सभापति एवं पुर्ब बन तथा भु संरक्षण राज्यमन्त्री दिर्घराज भाट प्रमुख अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी बिशिस्ट अतिथि रहनु भएको थियो ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज भट्ट , काङ्ग्रेस कैलालीका जिल्ला सदस्य यज्ञराज चौधरी , महिला नेत्रि तुल्सी देवकोटा , भगवती पाठक,  काङ्ग्रेस नेपाल भारत सम्पर्क समितिका सदस्य पदमराज भट्ट लगायतका नेता मन्तव्य राख्नुभएको थियो । क्षेत्रीय उप सभापति खेम साउँदले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव डम्बर पालीले गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके