कैलाली उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागी स्वाँर नेतृत्वको प्यानल घोषणा

धनगढी,पुस १७ । 
कैलाली उद्योग वाणिज्य संघको  आसन्न निर्वाचनको मिती नजिकिय सँगै टिमहरु को उम्मेदवार घोषणा गर्ने क्रम शुरु भएको छ । बर्तमान महासचिब     रुपेश स्वाँर नेतृत्वको प्यानलले आज आफ्नो टिम  घोषणा गरेको छ। धनगढीमा उक्त टिमले पत्रकार सम्मेलन गरेर उम्मेदवार संगै १० वँदे प्रतिवद्धता पत्र पनि  सार्वजनिक गरेको छ । स्वाँर नेतृत्वको प्यानलमा उपाध्यक्ष उद्योग तर्फ गजराज पाण्डेय, उपाध्यक्ष वाणिज्य तर्फ टेकबहादुर खड्का, उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानिया रहेका छन ।

 

यस्तै महासचिवमा  सुरेश पाण्डे, कोषाध्यक्षमा  भीमराज ओझा 'अब्बुु',सचिवमा  सुजित शर्मा रहेका छन। स्वारको टिमका सदस्यहरुमा रुपेश खड्का, दिप रावल, भीमवहादुर शाही, रवि कुवँर र  भक्तवहादुर थापा रहेका छन्   । अन्य सदस्यहरुको टुङो केही दिनमा लाग्ने उक्त टिमले जनाएको छ । स्वाँर नेत्रित्वको प्यानलमा अधिकांन्स प्रजातान्त्रिक ब्यबसायीहरुको समर्थन रहेको छ । आगामी पुष २८ गते हुने निर्बाचनमा स्वाँरको टिमलाई अत्तरिया उधोग बाणिज्य संघका नेत्रिवले पनि सघाउने संकेत दिएको छ । घोसणा सभामा अत्तरिया उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष अशोकराज देब्कोटा र निबर्तमान अध्यक्ष बसन्त रोकायाको पनि उप्स्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु