सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ । 
सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा चासो देखाउनु भएको छ । आज भट्टले विश्वबिधालयका उपकुलपति र रजिष्ट्रारलाई आफ्नै कार्यकक्षमा बोलाएर विश्वबिधालयको बारेमा जानकारी लिनु भएको हो । भट्टले भेटका क्रममा समग्र सुदुरपश्चिमको बिधालय हुनुको साटो एउटा क्याम्पस जस्तै भएकोले तत्काल समस्याको समाधान खोज्न निर्देशन दिनु भएको मुख्यमन्त्रीको निजी सचिबालयले जनाएको छ । बिगत लामो समय देखी सुदुरपश्चिमान्चल विश्वबिधालयमा पटक पटक आन्दोलन मात्रै हुने गरेको छ । आन्दोलनको कारण बिधार्थीको पठन पाठनमा पनि समस्या हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै

कञ्चनपुर , पुस ११ । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै गैरहेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र विश्वविद्यालयमा मनोमानी ढंगले

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी तोडफोड

कन्चनपुर,पुष ४ ।  चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई