कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन प्यानलद्वारा मनोनयन दर्ता

धनगढी,पुस १८ ।

यहि पुस २८ गते हुन लागेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको छ । संघमा उम्मेदवारी दिनका लागि तीन वटा छुट्टाछुट्टै प्यानलले मनोनयन दर्ता गराएका छन् । उम्द्वारीको दर्ता समय बिहान ९ बजेदेखी साझ ४ बजे सम्म तोकिएको थियो । संघको आगामी नेत्रित्वको लागी बर्तमान कार्यसमितीका महासचिव रुपेश स्वाँर,बर्तमान कोषाध्यक्ष पुष्प कुँवर र बर्तमान कार्यसमितीका सदस्य डिल्लीराज अबस्थीले प्यानल सहित उम्मेदवारी मनोनयन गरेका छन् । पदाधिकारीमा तीन वटै प्यानलबाट २१ जनाको उम्मेदवारी परेको छ । सदस्यमा स्वाँर र कुँवर प्यानलबाट ११ -११ जनाको उम्मेदवारी परेको भए पनि अबस्थी प्यानलबाट सदस्यमा ८ जनाको मात्रै उम्मेदवारी परेको छ ।

 

कुँवरले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्य  तर्फ गगन केसी उपाध्यक्ष वस्तुगत तर्फ शिवराज कुँवर महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंह रहेका छन् ।

 

स्वाँर अध्यक्ष पदमा मनोनयन दर्ता गरेकोमा सोही प्यानलवाट वाणिज्य उपाध्यक्ष तर्फ गजराज पाण्डेय, उपाध्यक्ष उद्योग तर्फ टेकवहादुर खड्का उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा, सचिवमा सुजित शर्मा मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक वोहोरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहोरा रहेका छन् ।

 

अवस्थलीले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योग तर्फ उपाध्यक्षमा ईन्द्र सेठी, उपाध्यक्ष वाणिज्य तर्फ रामचन्द्र राना उपाध्यक्ष वस्तुगतमा वासुदेव भट्ट महासचिवमा नवराज रेग्मी कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेको मनोनयन परेको छ ।  यस्तै  सदस्यमा रोशन माढीकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, धुव्रराज कार्की, शंकर चौधरी, केशव कार्की, सरस्वती चौधरी र प्रमिला पाठक ले मनोनयन दर्ता गराएका छन् ।

 

मनोनयन दर्ता भएपछि साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ । पुस १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ । संघको  निर्वाचनमा २  हजार सात सय २५ जनाले मतदान गर्ने पाउने भएका छन्  । 

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु