नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

धनगढी,पुस २० । 
धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुने देशकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको  छ । प्रतियोगिताको अन्तिम तयारीमा जुटेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले आज गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो ।  सहभागी १२ टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् ।  उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँरभित्ता झापा बीच उद्घाटन खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ ।

 

अर्को समुहमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् । यो समुहबाट सिग्नेचर मनाङ मस्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् । मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ । क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लबले सेमिफाईनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्नेछ । 

 

नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख पाउने छन्  । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले १५/१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने क्लबका  महासचिव प्रकाश शाहीले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय