भीमदत्त नगरपालिकाद्वारा नेपाल भ्रमण वर्ष'२०२०'सफल बनाउन प्रचार कार्यक्रम शुरु

महेन्द्रनगर, २० पुस
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिकामा क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका हुन् । नगर प्रमुख विष्ट भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ अघि बढेका छन् ।

 

पर्यटनलाई भीमदत्त नगर समृद्धिको प्रमुख आधारका मानेर कार्यक्रम सञ्चालन गरिएका छन् ।‘भीमदत्त नगरपालिकामा पर्यटनका विशाल सम्भावना छन्, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ, झिलमिला छ, विविध संस्कृति छ, ताल तलैया छ’ उनले भने,‘ पर्यटनलाई नगर समृद्धिको प्रमुख आधार मानेर नीति कार्यक्रम बनेको छ, कार्यक्रम गरिएका छन्, नेपाल भ्रमण वर्ष सफल बनाउन यो २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा घोषणा गरेका छौ ।’पुस महिनाभित्र हुने चौथो नगर सभाको पूर्व सन्ध्यामा नगर प्रमुख विष्टले पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि २०२० लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको हो । चौथो नगर सभाबाट यसका लागि थप नीति तथा कार्यक्रम पारित गर्न छलफल गरिएको छ ।

 


भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित महाकाली नदीको झोलुङ्गे पुल, झिलमिला ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, बाराकुण्डा, रौटेला, तिलकपुरको मिनी लिङ्गा, महाकाली नदीको मौन दृष्य, टुँडिखेलको ५२ ढोके, कालिताल झरना, शिवधाम क्षेत्र, ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर, कलपटे मन्दिर, राना थारु संस्कृति, सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा लगायतका धार्मिक पर्यकीय स्थल र साँस्कृतिक सम्पदा छन् ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आउने पर्यटकहरुका लागि नयाँ कटानस्थित राना थारु होमस्टेको संग्राहलय निर्माणमा सहयोग कार्यक्रम राखिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा वर्र्षाैदेखि खाल्डाखुल्डी परेको बाटोमा ग्राभेलिङ्ग गरी आवागमनका लागि सहज बनाइएको छ ।भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले भ्रमण वर्ष सफल बनाउन नगरपालिकाले सरोकारवाला निकायसित छलफल गरी थप कार्यक्रम बनाउने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

अत्तरिया,माघ ७ ।  अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । पुष २७ गतेबाट शुरु भएको महोत्सब आज सम्पन्न भएको हो । महोत्सबको

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

डोटी , माघ ०४ । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

अत्तरिया महोत्सवमा हरेक दिन जेष्ठ नागरिकलाई सम्मान

अत्तरिया,माघ ३ ।  कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सवको आज सातौ दिन पनि दर्शकहरुको उल्लेखिय उपस्थिति रह्यो । लामितालको किनारमा