अहिलेको आवश्यकता सेरोमोनियल राजा नै हो :डा. लोहनी

धनगढी,पुस २१। 

एकीकृत राष्ट्रवादी प्रजातान्त्रिकका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले शासन गर्ने जनता भएपनि अहिलेको आवश्यकता सेरोमोनियल राजा भएको बताउनु भएको  छ । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै उँहाले  सो कुरा बताउनु भएको हो  ।‘नेपाल र नेपाली समाजको एकताका लागि राजसंस्था अहिलेको आवश्यकता हो,’ डा.लोहनीले भन्नु भयो - ‘राजसंस्था भएन भने देश अस्थिरतामा  रहिरहने छ ।’ 

 

राष्ट्रको विकासका लागि वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यक भएको औल्याउँदै उँहाले त्यस्तो शक्ति निर्माण एकीकृत राष्ट्रवादीहरुले नै गर्ने बताउनु भयो ‘देश हाड लाइनरमा जाँदैछ । अहिले नेपाल रेमिट्यान्सले चलिरहेको छ,’ पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले भन्नु भयो, ‘यदि सरकार गम्भीर भएन भने छिटै देशको अर्थतन्त्र टाट पल्टिने अवस्था छ ।’ 

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके