पानीजहाजको टिकट काउन्टर छिट्टै खुल्छ, ढुक्क रहनुहोस -प्रधानमन्त्री ओली

काठमाण्डौ,पुस २२ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको टिकट काउन्टर छिट्टै खुल्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताउनु भयो । उँहाले भन्नु भयो - नेपालीको रेल सपनालाई पूरा गर्न वितेका केही बर्षदेखि मैले  आफ्नो  पहल र प्रयत्नलाई शिथिल हुन दिएको छैन । 'मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याकियो , रेलको चर्चा गर्दा रित्ता बाल्टिन् लाइनमा राखी कुरा काटियो ।

 

अहिले पनि सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर खै ?', उँहाले भन्नु भयो - 'हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु । धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ।' उँहाले  लोकतन्त्रलाई सुदृढ गर्ने र लामो संघर्षपछिको उपलव्धीहरुलाई संस्थागत गर्ने क्रममा रहेको बताउनु भयो ।संबैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन र  केही गर्दैन , कुनै प्रतिवाद पनि  गर्दैन । जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो? भनी ओलीले प्रश्न गर्नु भयो । उँहाले भन्नु भयो -  'गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गण्तन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझी रहेका छैनौं?' 
    

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके