खप्तड गोल्डकपको सम्पूर्ण तयारी पुरा,नेता रावलले खेलको उदघाटन गर्ने कार्यक्रम तय

 अत्तरीया ,पुस २३ ।

देशकै ठुलो धनराशि भएको सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पुरा भएको छ । आयोजकले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको भोलि दिउसो २ बजे उद्घाटन हुने बताइएको छ । ’सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नाराका साथ सुरु हुने देशको सर्वा्धिक धनराशीको तेस्रो अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप नेकपाका नेता भिम रावलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

 

उद्घाटन पुर्व दिउँसो १ बजे धनगढी चौराहाबाट र्यालि निकालिने छ । धनगढी रंगशालाको मैदानमा हुने खेलमा ,मनाङ्ग मर्स्याङ्दी क्लब, संकटा क्लब, थ्रि स्टार क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मोरंग ११, मेची नेत्रालय काकडभिट्टा, गोर्खा ब्वाईज रुपन्देही, च्यासल यूथ क्लब, डपिङ्गस क्लब क्यामरुन, दिल्ली एफ.सी, सुदूरपश्चिम ११ गरि १२ वटा टिमले सहभागिता जनाउने छन ।

 

प्रतियोगितामा प्रथम हुने टिमले रु.२१ लाख , द्वितिय टिमले रु.१० लाख तथा सर्वोत्कृष्ट खेलाडी पुरस्कार  यामाहा १५० सि सि मोटरसाईकल प्राप्त गर्नेछन । प्रत्येक दिन एक खेल हुनेछ । खेल हेर्नका लागि सर्वसाधारणलाई आयोजकले टिकट दर  रु. १०० ,१५०, र २०० तोकेको छ  ।  प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुने सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारि दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय