उधोग बाणिज्य संघ कसरी चलाउनु पर्छ भन्ने आफुहरुले जितेपछि देखाउँछौ : कैउबा अध्यक्षका उम्मेदवार अबस्थी

धनगढी,पुस २३ । 
कैलाली उधोग बाणिज्य संघको आसन्न निर्बाचनको लागी तीनवटा प्यानल जिल्ला भर रहेका मतदाता सँग भोट माग्न ब्यस्त रहेका छन् । बिगतका बर्षहरुमा दुईवटा मात्रै प्यानल हुने गरेको भएपनी यो बर्ष तीनवटा प्यानल चुनाबी मैदानमा होमिएका छन् । डिल्लीराज अबस्थी नेत्रित्वको प्यानलले आज धनगढीमा पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डा सार्बजनिक गरेको छ । अध्यक्षका उम्मेदवारी अबस्थीले कैलाली उधोग बाणिज्य संघमा अहिले सम्म भएका सम्पूर्ण ब्यथितीका बिरुद्ध आफुहरुको उम्मेदवारी रहेको प्रष्ट पार्नु भयो ।

 

अवस्थी प्यानलले विभिन्न ८ बुँदे प्रतिवद्धता पनि  सार्वजनिक गरेको छ  । सरकारी निकायबाट अनुगमनको नाममा हुने दुखकष्ट न्यूनीकरण गर्ने, व्यवासयिक सुरक्षाका लागि योगदानका आधारमा बिमा सुरक्षा योजना लागु गर्ने, चर्को बहाल कर समस्या समाधानका लागी पहल गर्ने , व्यवसायी तथा सरकारी निकायसंग समन्वय गर्ने, संस्था  सुद्धिकरणका लागि ईमान्दारी, बफादार र आर्थिक पारदर्शिताको स्पष्ट व्यवस्था गर्ने प्रतिवद्धता अवस्थी प्यानलले गरेको छ।

 

अन्य दुई प्यानल प्रति निकै आक्रामाक देखीएका अबस्थीले उधोग बाणिज्य संघ कसरी चलाउनु पर्छ भन्ने कुरा आफुहरु जितेपछि देखाउने दाबी गर्नु भयो । उँहाले भन्नु भयो -पछिल्लो समयमा नेत्रित्वमा रहेकाहरुले उधोग बाणिज्य संघलाई राजनितिक दलको पार्टी कार्यालय बनाए अब त्यसो हुन दिने छनौ । कैलाली उधोग बाणिज्य संघको निर्बाचन पुष २८ गते हुँदै छ । संघका  दुई हजार सात सय २५  मतदान रहेका छन् ।     

प्रतिकृया दिनुहोस

अत्तरिया मा युबक हत्याको बिरोधमा आज दिनभर प्रदर्शन

अत्तरिया,माघ ६ ।  अत्तरिया मा आज दिनभर प्रदर्शन गरिएको छ । गएराति चक्कु प्रहार गरि स्थानिय एक युबाको हत्या गरिएको बिरोधमा अत्तरिया बजारमा पीडित पक्ष

चुक्कु प्रहारबाट हत्या गरिएका अरुण की आमा होस बेहोस् (भिडियोमा)

अत्तरिया,माघ ६।  कतिबेला आउँछ काल थाहानै नहुँदो रहेछ , दिनदुखि र बेसाहाराहरुको प्रगति देखेर दैवलाई पनि सहय नहुँदो रहेछ । यस्तै भयो सडकमा पानि बेचेर