सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिताको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने,उदघाटन खेलमा सुदूरपश्चिम–११ र मेची नेत्रालय कांकणभिता भिंड्ने

धनगढी,पुस २४ । 
धनगढीमा आजदेखि ठुलो धनराशीको  नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदै छ । धनगढी रङशालामा उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने भएका छन् । यस अघि  प्रतियोगिताको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले उद्घाटन कार्यक्रम रहेको थियो । तर रावलकी सासु आमाको गएराति  निधन भएकोले उँहा आउन नसक्ने भएकोले मुख्यमन्त्री भट्टले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिब प्रकाश शाहीले जानकारी दिनु भयो । प्रतियोगिताको लागी धनगढी रङगशाला झकी झकिझक्काउ परिएको छ ।

 

दर्शकहरुलाई बस्नको लागी आस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । १२ टोलीको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम–११ र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन्। उद्घाटन खेल साढे २ बजे सुरु हुनेछ। प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन्।

 

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ। प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ। क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ।

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय