कैलाली उधोग बाणिज्य संघको आसन्न निर्बाचनको लागी उम्मेदवारहरुको प्रचार प्रसार अत्तरिया केन्द्रित बन्दै

अत्तरिया,पुस २४ । 
कैलाली उधोग बाणिज्य संघको आसन्न निर्बाचनको मिती नजिकिय सँगै तीनवटा प्यानल जिल्ला भर रहेका मतदाता सँग भोट माग्न ब्यस्त रहेका छन् ।बिगतका बर्षहरुमा दुईवटा मात्रै प्यानल हुने गरेको भएपनी यो बर्ष तीनवटा प्यानल चुनाबी मैदानमा होमिएका छन् । उम्मेदवारहरुले प्रचार प्रसार को मुख्य केन्द्र अत्तरियालाई बनाएका छन । धनगढी पछि बढि मतदाता अत्तरिया भएकाले उम्मेदवारहरुले अत्तरियामा रहेका ब्यबसायिक मतदाताहरुलाई आ आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा जुटेका छन् ।

 

 

अतरियामा मंगलबार रुपेश स्वांर नेत्रित्वको प्यानल र पुष्प कुवर नेत्रित्वको प्यानलले बजार क्षेत्रमा रहेका मतदाता सँग भोट मागेका छन् । रुपेश स्वांर नेत्रित्वको प्यानलको प्रचारमा  स्थानिय कांग्रेसका नेता कार्यक्रताहरुको बलियो साथ देखिएको छ। स्वारँ नेत्रित्वको प्यानललाई अत्तरिया उधोग बाणिज्य संघको बर्तमान नेत्रित्वले पनि साथ दिएको छ । स्वाँर नेत्रित्वको प्यानलले अत्तरियाबाट बढि भन्दा बढि भोट तान्ने रणनिती बनाएको छ । यस्तै कुंवर नेत्रित्वको प्यानलले पनि अत्तरियाबाट नै भोट बढाउने योजना बनाएको छ । अत्तरियामा बाहिर आएजस्तो हल्ला नभएको कुँवर नेत्रित्वको प्यानललाई पनि भोट राम्रै आउने कोषाध्यक्षका उम्मेदवार दिनेश लम्सालको भनाई रहेको छ ।

 

ब्यबसायीहरुको निर्बाचन राजनितिक जस्तो नहुने भएकोले आफ्नो प्यानललाई पनि राम्रो भोट अत्तरियाबाट आउने कुँवर प्यानलको अनुमान रहेको छ । उता डिल्लीराज अबस्थीले नेत्रित्व गरेको प्यानलले पनि अत्तरियाका भोटहरुको जित हारको लागी ठुलो अर्थ रहने आँकलन गरेको छ । बिगतमा अबस्ठीले अत्तरियामा नै ब्यापार गरेका कारण उनको सम्बन्ध पनि ब्यबसायीहरु सँग राम्रो रहेको एकथरी ब्यबसायीहरु को बुझाई छ ।

 

ब्यबसायीहरुको निर्बाचन भएकोले राजनितिक रुपमा भोटिङ नहुने धेरै ब्यबसायीहरुको भनाई रहेपनी केही समय अघि सम्पन्न अत्तरिया उधोग बाणिज्य संघको निर्बाचनमा भने  नेपाली कांग्रेस सँग आस्था राख्ने ब्यबसायीहरुको  टिमले एकलौटी जितेको थियो । त्यसैलाई आधार मानेर स्वाँर नेत्रित्वको प्यानल ले अत्तरियाबाट बढि भोटको अपेक्षा राखेको छ । संघको निर्बाचनमा अत्तरिया,गेटा ,मालाखेती,गोदावरी ,स्याउले लगाएतका ठाउँहरुमा ३ सय ४० मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस

कैलाली उधोग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिए

धनगढी,पुस ३० ।  कैलाली उधोग  बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको आज  शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। पुष २८ गते सम्पन्न निर्बाचनमा

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्बाचित

धनगढी,पुस २९ ।  कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। केही बेर अघि  सम्पन्न मतगणना अनुसार   संघको

कैलाली उद्योग वाणिज्य संघको मतगणनामा कुँवर प्यानल अगाडी

धनगढी,पुस २८ ।  कैलाली उद्योग वाणिज्य संघको मतगणनाको पहिलो नतिजा आएको छ ।  २४९ मत गणना हुँदा अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले ११८  मत ल्याउनु