सुदूरपश्चिम खप्तड गोल्डकप - उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम–११ पराजित

धनगढी , पुस २४ ।

कैलालीको धनगढीमा मंङ्गलवारदेखी ठुलो धनराशी भएको नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको धनगढी रङशालामा  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको हो ।

 

यस अघि प्रतियोगिताको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । रावलकी सासु आमाको निधन भएकाले उँहा आउन नसक्ने भएपछि मुख्यमन्त्री भट्टले प्रतियोगिताको उद्घाटन गरेको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिब प्रकाश शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम–११ पराजित भएको छ । गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभिट्टा ट्रेनिङ सेन्टर क्वाटरफाईनलमा प्रवेश गरेको छ ।  आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गर्दै मेची नेत्रालय अघिल्लो चरणमा पुगेको हो । निर्धा्रित समय गोल रहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभित्ताले ७ – ६ को जित दर्ता गरेको हो । धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए ।

 

२३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गियो । दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए । नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभित्ताका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । प्रतियोगिताको लागी धनगढी रङगशाला झकी झकिझक्काउ परिएको छ । दर्शकहरुलाई बस्नको लागी आस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सुरुको दिनमै फुटबल प्रतियागिता हेर्न हजारौ दर्शकहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत बुधवार नेपाल पुलिस क्लब र मोरङ– ११ बिच खेल हुने छ ।

 

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय