पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो

कञ्चनपुर पुस २५ ।
पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ। दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो। प्ढाईएसगैं विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन्। गत शैक्षिक सत्रमा विद्यालयमा ८७२ विद्यार्थी भर्ना भएकामा चालु शैक्षिक सत्रमा विद्यालयमा ९१० जना विद्यार्थी भर्ना भएका छन्।


चालु शैक्षिक सत्रमा शतप्रतिशत विद्यार्थीलाई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयको योजना छ। पढाइको गुणस्तरमा सुधार गर्दै जानु र चुस्त व्यवस्थापनका कारण विद्यार्थीको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रद्यानाअध्यापक पीताम्बर जोशीले बताए। दुई वर्षअघि भने विद्यालयमा ६०० को हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए।
“बीचमै कक्षा छाडेर जाने शिक्षकलाई तह लगाउन विद्युतीय हाजिरी, सिसिटिभी क्यामेरा र विद्यालयको कार्यालयको कार्यलाई नियमित गर्न जनशक्तिसँगै सौर्य ऊर्जाको व्यवस्था गरिएको छ” उनले भने। विद्यार्थीलाई प्रविधि बारे जानकारी दिनका लागि कम्प्युटर ल्याबसमेत राखिएको छ।


शिक्षा ऐन र नियमावलीले निर्दिष्ट गरेअनुरुप विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक बीचको पुलको कार्य गर्न शिक्षक अभिभावक सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रधानाअध्यापक जोशीले बताए। ‘‘पठनपाठनलाई मुख्य रुपमा हेरेकै छौँ’’ उनले भने,“वार्षिक कार्यतालिका बनाई अतिरिक्त क्रियाकलाप गराइँदै आएको छ। चालु शैक्षिक सत्रको हालसम्म २८ वटा वौद्धिक विधाका कार्यक्रम र २३ वटा खेलकूदका कार्यक्रम सम्पन्न गरिएका छन्।”


अतिरित्त क्रियाकलापकै कारण नेपालगञ्जमा निकट भविष्यमै सञ्चालन हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूर पश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी यस विद्यालयका १० जना विद्यार्थी बन्द प्रशिक्षणमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम धानुकले बताए। “विद्यालयलाई सबै क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयका क्रियाकलपामा अभिभावकको संलग्नता बढाउनु, विद्यार्थी केन्द्रित रचनात्मक सिकाइ वातावरण सिर्जना गर्नु, विद्यार्थीको औषत सिकाइ उपलब्धि वृद्धि हुनु, विद्यालयका भौतिक साधान स्रोतको व्यवस्था गर्नु रहेको छ” उनले भने।  

 


भौतिक पूर्वाधारको अझै पनि अभाव हुँदा र विद्यार्थीको बढ्दो चापका कारण विद्यालय दुई ‘सिफ्ट’मा सञ्चालन हुंदै आएको छ। बिहान ७ बजे देखि १० बजेर २० मिनेट सम्ममा कक्षा ११ र १२ को पढाइहुन्छ भने बिहान १० बजे ३० मिनेटदेखि ४ बजेर २० मिनेटसम्म कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुँदैआएका छन्। विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दातृ निकायको अहम् भूमिका रहँदैआएको छ। द्यालयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा दुई किलो वाटको सौर्य ऊर्जा जडान गरिएको छ। नगरपालिका– ७ र ८ ले भवन निर्माण गर्न क्रमशः रु तीन लाख र रु चार लाख रकम अनुदान दिएका छन्। रासस

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम विश्वबिधालयको समस्या प्रति मुख्यमन्त्री भट्टको चासो

धनगढी,पुस १७ ।  सुदुरपश्चिम विश्वबिधालयमा पटक पटक बिबाद हुन थाले प छि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वबिधालयको बारेमा

सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै

कञ्चनपुर , पुस ११ । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिको अखडा बन्दै गैरहेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र विश्वविद्यालयमा मनोमानी ढंगले

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा फेरी तोडफोड

कन्चनपुर,पुष ४ ।  चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई