बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाकी आमाको डीएनए टेष्ट गरिने

 

 

कंचनपुर , पुस  २५ ।

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाकी आमाको डीएनए टेष्ट गरिने भएको छ  । बालिका पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको हो । यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिनुभएको छ । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुग्नुभएको थियो । त्यहाँ प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उहालाई महाकाली अस्पताल लगिएको थियो ।अधिकारीहरुका अनुसार रगतको नमुना परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।


 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर