महेन्द्रनगर नगर विकास समिति विघटन

काठमाण्डौ,पुस २६।  
संघिय सरकारको सोमबार बसेको  मन्त्रिपरिषद्‍का  बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा संञ्चार मन्त्री  गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेको हुन्। मन्त्रिपरिषद्ले बिभिन्न १४ वटा निर्णय समेत गरेको छ ।  बैठकले  नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ।त्यस्तै  राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको छ।

 

नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।यस्तै  महेन्द्रनगर नगर विकास समिति विघटन गरिएको छ।  राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री दिलिपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भएकाले पुस २३ देखि लागू हुनेगरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकास दिने निर्णय गरिएको छ। रिक्त रहने उक्त पदमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुनेगरी बढुवा गरिएको छ।

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत