सुदुरपश्चिमप्रदेश सरकारको माघीको अबसरमा १ दिने बिदा दिने निर्णय थारु अगुवाद्वारा अस्विकार

फोटो फाइल

धनगढी,पुस २६। 
सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा दिएको बिदा लाई थारु सामुदायले अस्विकार गरेको छ।  माघीको मान्यता अनुसार प्रदेश सरकारले १ दिन मात्रै  सार्वजनिक बिदाको घोषणा गरेको प्रति असन्तुष्टि पोखेका छन् ।  सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते  बिदा दिने निर्णय गरे लगतै   आज नै  प्रेस बिज्ञप्ति जारी गर्दै थारु कल्याणकारी समाज र थारु नागरिक समाजले यस्तो असन्तुष्टि जनाएको हो । बिज्ञप्ति भनिएको छ-'प्रदेश सरकारको १ दिन मात्रै बिदा दिने निर्णयले हामी दुखी भएका छौं ,संबिधानको मर्म र बिबिधतालाई सरकारले सम्मान गर्नु पर्दछ।' बिज्ञप्तिमा २०६३ सालदेखी पुष अन्तिम देखी माघ २ गते सम्म ३ दिन बिदा माग गरिरहेको भएपनी सरकारले बेवास्ता गर्दै आएको उल्लेख गरिएको छ ।पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । यो पर्वमा मिठो मिष्ठान खाने, मान्यजनबाट आशिर्वाद लिने, मघौटा नाच नाचेर रमाउने गरिन्छ ।माघीको अवसरमा कैलालीका बिभिन्न ठाउँहरुमा  माघी मेला र महोत्सव गर्ने तयारी पनि भइरहेको छ ।

प्रेस बिज्ञप्ति पूर्ण पाठ यस्तो छ :-   

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत