अत्तरियामा आजदेखी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सब’ सुरु हुदै

अत्तरिया , पुस २७ ।

कैलालीको अत्तरियामा आजदेखी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ ’ सुरु हुदैछ । “सम्बृद्ध सुदुरपश्चिम प्रदेशको आधार  कृषी ,पर्यटन र ब्यापार” भन्ने मुल नारा का साथ आयोजना हुन लागेको महोत्सवको सबै तयारी पुरा भैसकेको छ । अत्तरिया स्थित लामी ताल परिसरमा लाग्ने महोत्सबको आज दिउसो २ बजे एक भब्य कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहोन राज मल्लले समुद्घाटन गर्नुहुने छ ।

 

महोत्सबको समुद्घाटन गर्नुपुर्व बिभिन्न खाले बजागाजा र झाकि सहितले बजार परिक्रमा गरिने छ । अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सबले यस क्षेत्रका कला , सस्कृती संरक्षण एबम् सम्बद्धन गर्नमा महोत्वपुर्ण भुमिक खेल्ने उधोगा बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिनुभयो । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकेपछि यस क्षेत्रमा ब्यबसायिक लगानी गर्नु सुरक्षित रहेको सन्देश दिनको लागि महोत्सव सफल हुने अध्यक्ष देवकोटाले बताउनुभयो । 'देशभरका ब्यबसायीहरुलाई हाम्रो आग्रह अब यस क्षेत्रमा लगानी गर्नुहोस,राम्रो बातबरण बनेको छ ,' देबकोटाले भन्नु भयो -'जग्गाको सहज उपलब्धता र सुरक्षाको बातबरण बनाउने काम सरकार ले गर्नु पर्‍यो ,हो यही सन्देश महोत्सबले दिन खोजेको हो।' 

 

महोत्सबका लागि अहिले महोत्सब परिसरमा सरसरफाई , पर्खाल बनाउने , मञ्च र स्टलहरु निर्माण गर्ने , बिभिन्न खाले मनोरञ्जनका रमाईला मेलाका लागि समाग्रीहरु राखि तयार पारिएकाले महोत्सब स्थल झकिझकाउ पारिएको छ । साथै स्थानिय स्तरमा रहेको कला , संस्कृती , रितिरिवाज , भेषभुषाकाृ प्रबद्धन, संरक्षण र सम्बद्धन गर्नमा सहयोग गरी सम्पुर्णलाई महोत्सबको अबलोकन गरिदिनहुन आयोजक अत्तरिया उधोग बाणिज्य संघले अनुरोध गरेको छ । बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहने महोत्सब समुद्घाटन कार्यक्रममा नेपाल आइडल सिजन २ का बिजेता रवि ओडलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत